काठमाडौं- ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय लिग २०७८ को लागि छनोट भएको छ।
शुक्रबार सम्पन्न छनोट प्रतियोगिताको सेमिफाइनलमा कन्काई नगरपालिका झापालाई १-० ले पराजित गर्दै ललितपुरले राष्ट्रिय लिगमा स्थान पक्का गरेको हो।
ललितपुरको जितमा कप्तान निर्मला विकले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो।
छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो। हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए। प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।