काठमाडौं– कतार विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगल आयरल्याण्डसँग बराबरीमा रोकिएको छ।बिहीबार राति पोर्चुगलले आयरल्याण्डको घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
पोर्चुगल अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो। डिफेन्डर पेपे दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि पोर्चुगल अन्तिम ९ मिनेट १० खेलाडीमा सिमित बनेको हो।
बराबरीसँगै आयरल्याण्डको विश्वकप यात्रा टुङ्गिएको छ। समूह एमा पोर्चुगल र सर्बियाको समान १७ अंक छ। छनोटको पहिलो खेलमा पोर्चुगलले आयरल्याण्डलाई २–१ ले हराएको थियो।
पोर्चुगलले छनोटको अन्तिम खेलमा आइतबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।