काठमाडौं- नेपालको राष्ट्रिय भलिबल टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक आउने भएका छन्।
आगामी डिसेम्बरमा बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि हान अबिङ आउने भएका हुन्।
नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमिति बैठकले नेदरल्याण्ड्सका हानलाई ल्याउने निर्णय गरेको संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन्। हानले यसअघि पनि नेपाल आइसकेका छन्।
यसअघि नेपालमै भएको पुरुष सेन्ट्रल जोनमा उनले नेपाली पुरुष टिमलाई प्रशिक्षण दिएका थिए। महिला टिमको प्रशिक्षकमा जगदिश भट्ट नै यथावत् रहनेछन्।
नेपाली टिमलाई प्रशिक्षण दिन हान मंसिर २ गते नेपाल आइपुग्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।