काठमाडौं- आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग अघिको ‘वार्मअप’ खेलमा मनाङ मर्स्याङदी फुटबल क्लब र संकटा क्लबले बराबरी खेलेका छन्।
एन्फा कम्पलेक्स सात्तोबाटोमा बिहीबार सम्पन्न खेलमा मनाङले संकटालाई २–२ गोलको बराबरीमा रोकेको हो।
खेलमा मनाङका लागि अञ्जन विष्ट र आफिज ओला डिपोले एक एक गोल गरेका थिए। यता, संकटाका लागि उत्तम राईले दुई गोल गरे।
नयाँ सिजनको लिग कात्तिक २९ गतेबाट हुने भनिएपनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४ दिन पर सारेको छ। लिग अब मंसिर ३ गते सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।