काठमाडौं– मेगा गिभअवेमा सहभागी हुन ग्राहकहरूलाई प्रोत्साहन गर्न तीन ब्रान्डले एकसाथ सहकार्य गरेका छन्।
यो चाडपर्वको उत्सवमा, गुलाफी, बिउटी र वेलनेस उत्पादनका लागि एक स्टप शप, इन्डो–एथनिक पहिरनका लागि परिचित अजिइजा एटेलियर र हिरा एवम् सुनको क्षेत्रको घरेलु ब्रान्ड श्री बालाजी डायमण्ड्सले सहकार्य गरेका हुन्।
महामारीबाट बिस्तारै बाहिर निस्किदै गर्दा सकारात्मक सन्देश फैलाउने अठोटका साथ तीनवटा ब्रान्डहरूले इन्स्टाग्रामको नेतृत्वको सहकार्य गरेका हुन्।
एक जना भाग्यशाली विजेताले एक लाख ११ हजार रुपैयाँ बराबरको सामान र बहुमूल्य वस्तुहरू जितेर आफूलाई आउने विवाहको सिजनको लागि तयार गर्न सक्नेछन्।
श्री बालाजी डायमन्ड्सले हिराको झुम्का सेट उपलब्ध गराउँदैछ। अजिइजा एटेलियरले गुलाबी र हरियो गरारा सेट र गुलाफीले उत्कृष्ट ब्रान्डहरूबाट स्किनकेयर र कस्मेटिक्सहरू उपलब्ध गराउँदैछ।
एक भाग्यशाली विजेताले आगामी विवाह सिजनको लागि तयार हुन सबै ३ वटै ब्रान्डहरूबाट उपहारहरू जित्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।