काठमाडौं- दराजको एकदिवसीय सेल ११.११ सुरु भएको छ। यो अभियान आधिकारिक रूपमा गएरातिबाट सुरु भएको छ भने यस वर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने अपेक्षा लिइएको छ।
आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ।
यस अभियानको मुख्य आकर्षकहरु भने ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट, ११,००० सम्मको मेगा भौचर, प्रि पेमेन्टमा १५ प्रतिशत, अधिकतम ३५०० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ।
११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत् १५ प्रतिशत, अधिकतम ३००० रुपैयाँ र क्रेडिट कार्डमार्फत १५ प्रतिशत, अधिकतम ३५०० रुपैयाँ बचत गर्न सक्नेछन्।
नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले यी छुट प्राप्त गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।