काठमाडौं- सामसुङ्ग मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म उपहार योजना सञ्चालन गरिरहेको छ। जुन उपहार योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन्।
उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको पहिलो लक्की ड्र मंगलबार सम्पन्न भएको छ। लक्की ड्रमा यही नोभेम्बर १ तारिखदेखि ५ तारिखसम्मको अवधिलाई समेटिएको छ।
उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ्ग मोबाइल ट्याबखरिद गर्ने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइलवा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ।
मंगलबार गरिएको लक्की ड्रमा यही १ देखि ५ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ।
लक्की ड्र कार्यक्रमलाई सामसुङ्गको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधान अनुसार कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको छ भने अब बाँकी ४ हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण कम्पनीले जनाएको छ।
मंगलबार सम्पन्न लक्की ड्र सञ्चारकर्मीहरु, आमन्त्रित व्यक्तित्वहरु र ग्राहकहरु एवं बिक्रेताहरुको समुपस्थितिमा गरिएको कम्पनीले जनाएको छ। लक्की ड्रमा ५ ग्राम सुनको सिक्काप्राप्त गर्ने भाग्यशाली सिरीयल नम्बरहरु क्रमशः
RZCR902L0DV
RZ8RA0Y0GFX
R9ZR90CA8KH
RFCR91K7Q2X
RZ8RA11BJYE
RZ8R90WNNLJ
R9ZR9077XMT
R9ZR90Q106D
RZ8R724L3KP
R9ZR9080RHX
RZ8R90KVYRP
RZ8R5061MNN
R9ZR90PYA7H
RZ8R82EJJPX
R9ZR907090B
विजेताहरुको सिरियल नम्बर सामसुङ्गको फेसबुक पेजमाप्रकाशित गरिएको छ र बिजेताहरुलाई ७ दिन भित्रमा आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न कम्पनीले अनुरोध गरेको छ।
५ ग्राम सुनको सिक्काजित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसुङ्ग मोबाइलवा ट्याबखरिद गरि योजनामा सहभागिता जनाउन कम्पनीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।