• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २०, २०८२ Tue, Jun 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
राजनीतिक भाग खोज्ने प्रधानन्यायाधीशबाट न्यायपालिकाको नेतृत्व हुन सक्दैन
64x64
बलराम केसी बुधबार, कात्तिक २४, २०७८  १५:३२
1140x725

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश पदमा पुग्नुभयो, तर अहिलेसम्म केही गर्न सक्नुभएन। यसले वहाँ कसरी त्यत्रो पदमा पुग्नुभयो भन्ने प्रश्न उठेको छ।

हरेक संस्था बलियो हुन ‘राइट म्यान इन राइट प्लेस’ हुनुपर्छ। ‘रङ म्यान इन राइट प्लेस’ भयो भने सबै बिग्रिन्छ भन्ने अहिले पुष्टि भएको छ। जसरी देश प्रधानमन्त्रीले चलाउँछन्, त्यसरी नै न्यायपालिका प्रधानन्यायाधीशले चलाउनुपर्ने संविधानको मर्म र भावना छ। 

संविधानले सबैलाई आफ्नो जिम्मेवारी पूरा गर्न भनेको छ। तर, यहाँ उल्टो भइरहेको छ। न्यायालयको नेतृत्वकर्ता जिम्मेवार देखिएनन्। त्यसको असर अहिले देखिएको छ।

प्रधानन्यायाधीश राणाको सबैभन्दा लामो चार वर्षको कार्यकाल थियो। वहाँलाई न्यायालय सुधार्ने प्रशस्त अवसर थियो। तर, उहाँले सुधार गर्न नै सक्नु भएन। सुधारको पहलसमेत भएन। विगतका कमीकमजोरीलाई सुधार गरेर आफू निवृत्त हुँदा सुदृढ न्यायपालिका हस्तान्तरण गर्ने अवसर प्रधानन्यायाधीश राणाले गुमाउनुभएको छ।

यो पनि पढ्नुहोस्

‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लाग्न सक्छ’बुधबार, कात्तिक १७, २०७८

राणाले पदको जसरी गलत प्रयोग गर्नुभयो, त्यसले न्यायालयको साख नै धरमरमा पारेको छ। चोलेन्द्रशमशेरहरु यसरी आउनुमा संसदीय सुनुवाइदेखि अन्य प्रक्रिया र अंग पनि दोषी छन्। संवैधानिक परिषद् र राजनीतिक दलहरुले त्यस्तो दोषको आ–आफ्नो हिस्साको जिम्मेवारी लिनुपर्छ।

संवैधानिक प्रक्रियाबाट नियुक्त भएको कुरा सत्य हो, तर संवैधानिक प्रक्रियावाट नियुक्त भएकै कारण प्रश्न उठाउन नपाइने र सधैँ नैतिक हुन्छ भन्ने हुँदैन। कारणसहित प्रश्न उठाउन पाइन्छ। देशको प्रधानन्यायाधीशमाथि आफ्नै सहकर्मीहरुले विश्वास छैन भनेपछि सार्वजनिक रुपमा नैतिकता समाप्त भयो। अब पदबाट हट्नुपर्छ भनेर अरुले पनि बोल्न पाउँछन्। अवान्छित पाहुना भएर बस्ने कि हट्ने प्रधानन्यायाधीशको कुरा हो। उहाँलाई अहिले नै पनि पाँच-सातवटा आरोप लागिसकेका छन्।

वहाँले न्यायालयका खराबी हटाउने बताउनुभएको थियो। वहाँले नै गठन गरेको न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन लागू गर्न पनि चासो देखाउनुभएन। हुँदाहुँदा ‘यो लागू गर्न सकिँदैन’ भन्दै हिँड्नुभयो।

यो पनि पढ्नुहोस्

न्यायालयलाई थप क्षति हुनबाट जोगाउन प्रधानन्यायाधीशले नै निकास दिनुपर्छ : खिमलाल देवकोटा [अन्तर्वार्ता]आइतबार, कात्तिक २१, २०७८

वहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर राखेको संवैधानिक परिषद्को विवादास्पद बैठकमा सहभागी हुनुभयो। त्यसवापत विभिन्न नियुक्तिमा भागबन्डा लिनुभयो। भोलि मुद्दा पर्‍यो भने आफूले हेर्नुपर्छ भन्ने उहाँले सोच्नु नै भएन। जोखिम मोलेर भए पनि भाग खोज्नुभयो। भाग लिएर लिखित जवाफ पेश गरेपछि अनि इजलासमा बस्न हुँदैन थियो। सिधै स्वार्थ बाझिने मुद्दाबाट आफैँ अलग हुनुपर्थ्यो। वहाँले आफैं ‘बस्दिन’ त भन्नुभयो, तर महिनौँसम्म पेसी तोक्नुभएन। यो नैतिकता प्रधानन्यायाधीशले कहाँबाट पाउनुभयो?

प्रतिनिधि सभा पुनःस्थापना सम्बन्धमा पनि सबै न्यायाधीशले गरेको फैसला ‘मैले गरेको’ भनेर कार्यकारीसँग भाग लिनु नैतिक पतन हो। यो घटना नै वहाँको बहिर्गमनका लागि पर्याप्त छ।

वहाँबाट सिलसिलाबद्ध रुपमा गलत काम हुँदा अहिलेको परिस्थिति आएको हो। त्यसैले यसको कारक प्रधानन्यायाधीश स्वयम् हुनुहुन्छ। अब वहाँले नैतिकता देखाउन सक्नुपर्छ। ‘महाअभियोग लगाउनुस्, अनि जान्छु’ भन्ने होइन। १९ जना न्यायाधीशले नै ‘अब छोडनुस्, तपाईंसँग टाँसिन सक्दैनौं’ भनिसकेपछि बुझ्नुपर्दैन? आफ्ना सहकर्मीहरुले यति भनेपछि तत्काल राजीनामा दिनुपर्ने थियो। 

प्रधानन्यायाधीशले डेडलक नफुकाएर के न्यायालयलाई यत्तिकै राख्ने त? देशभरका मुद्दा रोकिएका छन्। घरको मूल मान्छेले नै बच्चाहरुसँग निहुँ खोजेर बस्न मिल्दैन। आफूमाथि आरोप लागेपछि ‘म नै त्यस्तो रहेछु’ भनेर सोच्नु पर्छ। आफूमाथि प्रश्न उठेपछि जिल्ला र उच्च अदालतका न्यायाधीशलाई समेत विवादमा पार्न मिल्दैन।

प्रधानन्यायाधीशले बाँकी १९ जना न्यायाधीशबाटै काम लिने हो। वहाँहरुले अब मिलेर काम गर्न नसक्ने बताइसक्नुभयो। 

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशले राजीनामा नदिए दलहरूले बाध्य भएर महाअभियोग दर्ता गर्छन् : रमणकुमार श्रेष्ठ [अन्तर्वार्ता]सोमबार, कात्तिक २२, २०७८

न्यायाधीशहरुले आँखा र मनले पनि हेर्नुपर्छ। भारतमा केशवानन्द भारतीको मुद्दामा न्यायाधीशहरुले संविधानलाई आँखा र मनले हेरेर फैसला लेखेका थिए। अन्तराष्ट्रिय घटना र नजिरहरु हेरेर पनि वहाँले सिक्न सक्नुभएन। देशको न्यायालय यसरी चल्दैन।

‘रङ म्यान इ राइट प्लेस’ भएको कुरा वहाँ आफैंले पुष्टि गरिसक्नु भएको छ। अब वहाँले राजीनामा दिएर मात्र ‘मान्छे’ बन्नुहुन्छ। न्यायालयमा सुधार सुरु हुनसक्छ। उहाँले आफूलाई जति धेरै न्यायालयमा राख्नुहुन्छ त्यति धेरै अदालतको क्षति हुन्छ। वहाँको दुखद् बहिर्गमनको वातावरण सिर्जना हुन्छ। सबैभन्दा राम्रो अहिले नै वहाँले राजीनामा दिएर जानुपर्छ।

(सर्वोच्च अदालतका पूर्वन्यायाधीश केसीसँगको कुराकानीमा आधािरत।)

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बलराम केसी
लेखकबाट थप
सम्बन्धित सामग्री
अवुधावीमा मनाइयो गणतन्त्र दिवस समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचार... शुक्रबार, जेठ १६, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
ताजा समाचारसबै
कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता मंगलबार, जेठ २०, २०८२
सूचना टाँसेर ३ घण्टा सारियो प्रतिनिधिसभा बैठक मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
कान्तिलोकपथ चार दिन बन्द हुने मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक सोमबार, जेठ १९, २०८२
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता लिने तयारी मंगलबार, जेठ २०, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
करण केसीको आक्रामक ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्