• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिक भाग खोज्ने प्रधानन्यायाधीशबाट न्यायपालिकाको नेतृत्व हुन सक्दैन

64x64
बलराम केसी बुधबार, कात्तिक २४, २०७८  १५:३२
1140x725

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश पदमा पुग्नुभयो, तर अहिलेसम्म केही गर्न सक्नुभएन। यसले वहाँ कसरी त्यत्रो पदमा पुग्नुभयो भन्ने प्रश्न उठेको छ।

हरेक संस्था बलियो हुन ‘राइट म्यान इन राइट प्लेस’ हुनुपर्छ। ‘रङ म्यान इन राइट प्लेस’ भयो भने सबै बिग्रिन्छ भन्ने अहिले पुष्टि भएको छ। जसरी देश प्रधानमन्त्रीले चलाउँछन्, त्यसरी नै न्यायपालिका प्रधानन्यायाधीशले चलाउनुपर्ने संविधानको मर्म र भावना छ। 

संविधानले सबैलाई आफ्नो जिम्मेवारी पूरा गर्न भनेको छ। तर, यहाँ उल्टो भइरहेको छ। न्यायालयको नेतृत्वकर्ता जिम्मेवार देखिएनन्। त्यसको असर अहिले देखिएको छ।

प्रधानन्यायाधीश राणाको सबैभन्दा लामो चार वर्षको कार्यकाल थियो। वहाँलाई न्यायालय सुधार्ने प्रशस्त अवसर थियो। तर, उहाँले सुधार गर्न नै सक्नु भएन। सुधारको पहलसमेत भएन। विगतका कमीकमजोरीलाई सुधार गरेर आफू निवृत्त हुँदा सुदृढ न्यायपालिका हस्तान्तरण गर्ने अवसर प्रधानन्यायाधीश राणाले गुमाउनुभएको छ।

यो पनि पढ्नुहोस्

‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लाग्न सक्छ’बुधबार, कात्तिक १७, २०७८

राणाले पदको जसरी गलत प्रयोग गर्नुभयो, त्यसले न्यायालयको साख नै धरमरमा पारेको छ। चोलेन्द्रशमशेरहरु यसरी आउनुमा संसदीय सुनुवाइदेखि अन्य प्रक्रिया र अंग पनि दोषी छन्। संवैधानिक परिषद् र राजनीतिक दलहरुले त्यस्तो दोषको आ–आफ्नो हिस्साको जिम्मेवारी लिनुपर्छ।

संवैधानिक प्रक्रियाबाट नियुक्त भएको कुरा सत्य हो, तर संवैधानिक प्रक्रियावाट नियुक्त भएकै कारण प्रश्न उठाउन नपाइने र सधैँ नैतिक हुन्छ भन्ने हुँदैन। कारणसहित प्रश्न उठाउन पाइन्छ। देशको प्रधानन्यायाधीशमाथि आफ्नै सहकर्मीहरुले विश्वास छैन भनेपछि सार्वजनिक रुपमा नैतिकता समाप्त भयो। अब पदबाट हट्नुपर्छ भनेर अरुले पनि बोल्न पाउँछन्। अवान्छित पाहुना भएर बस्ने कि हट्ने प्रधानन्यायाधीशको कुरा हो। उहाँलाई अहिले नै पनि पाँच-सातवटा आरोप लागिसकेका छन्।

वहाँले न्यायालयका खराबी हटाउने बताउनुभएको थियो। वहाँले नै गठन गरेको न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन लागू गर्न पनि चासो देखाउनुभएन। हुँदाहुँदा ‘यो लागू गर्न सकिँदैन’ भन्दै हिँड्नुभयो।

यो पनि पढ्नुहोस्

न्यायालयलाई थप क्षति हुनबाट जोगाउन प्रधानन्यायाधीशले नै निकास दिनुपर्छ : खिमलाल देवकोटा [अन्तर्वार्ता]आइतबार, कात्तिक २१, २०७८

वहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर राखेको संवैधानिक परिषद्को विवादास्पद बैठकमा सहभागी हुनुभयो। त्यसवापत विभिन्न नियुक्तिमा भागबन्डा लिनुभयो। भोलि मुद्दा पर्‍यो भने आफूले हेर्नुपर्छ भन्ने उहाँले सोच्नु नै भएन। जोखिम मोलेर भए पनि भाग खोज्नुभयो। भाग लिएर लिखित जवाफ पेश गरेपछि अनि इजलासमा बस्न हुँदैन थियो। सिधै स्वार्थ बाझिने मुद्दाबाट आफैँ अलग हुनुपर्थ्यो। वहाँले आफैं ‘बस्दिन’ त भन्नुभयो, तर महिनौँसम्म पेसी तोक्नुभएन। यो नैतिकता प्रधानन्यायाधीशले कहाँबाट पाउनुभयो?

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभा पुनःस्थापना सम्बन्धमा पनि सबै न्यायाधीशले गरेको फैसला ‘मैले गरेको’ भनेर कार्यकारीसँग भाग लिनु नैतिक पतन हो। यो घटना नै वहाँको बहिर्गमनका लागि पर्याप्त छ।

वहाँबाट सिलसिलाबद्ध रुपमा गलत काम हुँदा अहिलेको परिस्थिति आएको हो। त्यसैले यसको कारक प्रधानन्यायाधीश स्वयम् हुनुहुन्छ। अब वहाँले नैतिकता देखाउन सक्नुपर्छ। ‘महाअभियोग लगाउनुस्, अनि जान्छु’ भन्ने होइन। १९ जना न्यायाधीशले नै ‘अब छोडनुस्, तपाईंसँग टाँसिन सक्दैनौं’ भनिसकेपछि बुझ्नुपर्दैन? आफ्ना सहकर्मीहरुले यति भनेपछि तत्काल राजीनामा दिनुपर्ने थियो। 

प्रधानन्यायाधीशले डेडलक नफुकाएर के न्यायालयलाई यत्तिकै राख्ने त? देशभरका मुद्दा रोकिएका छन्। घरको मूल मान्छेले नै बच्चाहरुसँग निहुँ खोजेर बस्न मिल्दैन। आफूमाथि आरोप लागेपछि ‘म नै त्यस्तो रहेछु’ भनेर सोच्नु पर्छ। आफूमाथि प्रश्न उठेपछि जिल्ला र उच्च अदालतका न्यायाधीशलाई समेत विवादमा पार्न मिल्दैन।

प्रधानन्यायाधीशले बाँकी १९ जना न्यायाधीशबाटै काम लिने हो। वहाँहरुले अब मिलेर काम गर्न नसक्ने बताइसक्नुभयो। 

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशले राजीनामा नदिए दलहरूले बाध्य भएर महाअभियोग दर्ता गर्छन् : रमणकुमार श्रेष्ठ [अन्तर्वार्ता]सोमबार, कात्तिक २२, २०७८

न्यायाधीशहरुले आँखा र मनले पनि हेर्नुपर्छ। भारतमा केशवानन्द भारतीको मुद्दामा न्यायाधीशहरुले संविधानलाई आँखा र मनले हेरेर फैसला लेखेका थिए। अन्तराष्ट्रिय घटना र नजिरहरु हेरेर पनि वहाँले सिक्न सक्नुभएन। देशको न्यायालय यसरी चल्दैन।

‘रङ म्यान इ राइट प्लेस’ भएको कुरा वहाँ आफैंले पुष्टि गरिसक्नु भएको छ। अब वहाँले राजीनामा दिएर मात्र ‘मान्छे’ बन्नुहुन्छ। न्यायालयमा सुधार सुरु हुनसक्छ। उहाँले आफूलाई जति धेरै न्यायालयमा राख्नुहुन्छ त्यति धेरै अदालतको क्षति हुन्छ। वहाँको दुखद् बहिर्गमनको वातावरण सिर्जना हुन्छ। सबैभन्दा राम्रो अहिले नै वहाँले राजीनामा दिएर जानुपर्छ।

(सर्वोच्च अदालतका पूर्वन्यायाधीश केसीसँगको कुराकानीमा आधािरत।)

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बलराम केसी
लेखकबाट थप
राजनीतिक भाग खोज्ने प्रधानन्यायाधीशबाट न्यायपालिकाको नेतृत्व हुन सक्दैन
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्