• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लाग्न सक्छ’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १७, २०७८  १७:५४
1140x725

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विवादमा परेपछि उनको राजीनामा माग गर्दै कानुन व्यवसायीले आन्दोलन गरिरहेका छन्। राणा भने इजलास तोकिरहेका छन्। तर, बन्दी प्रत्यक्षीकरणबाहेक उनले तोकेको इजलास अन्य न्यायाधीशले बहिष्कार गरिरहेका छन्। यति हुँदा पनि राणाले राजीनामा दिने संकेत देखाएका छैनन्। उनलाई कानुनसम्मत रुपमा हटाउन महाभियोगको प्रक्रियासमेत अघि नबढ्दा न्यायपालिका बन्धक बनेको छ। न्यायपालिकामा देखिएको योविघ्न अन्योल कसरी अन्त्य होला? नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः

सर्वाेच्च अदालतमा देखिएको विवादको कारण के हो?
अहिलेको विवाद अप्रत्यासित रुपमा आएको होइन। यो भित्रभित्रै गुम्सिएर विष्फोट भएको हो। धेरै लामो समयदेखि प्रधानन्यायाधीशले पेसी तोक्नेदेखि लिएर मुद्दाको सुनुवाइ गर्ने र बेन्च गठन गर्ने काम गलत रुपमा भइरहेको थियो। त्यसकै परिणामस्वरुप अहिलेको अवस्था आएको हो। त्यस कारण अहिले स्वाभाविक रुपमा नै यसलाई सच्चाउनुपर्छ र अदालतमा सुधार गर्नुपर्छ भन्ने दृष्टिकोणबाट प्रधानन्यायाधीशविरुद्ध आन्दोलन भइरहेको छ। प्रधानन्यायाधीशले आफू विवादमा आएर अप्ठ्यारोमा परेपछि निकास दिनुपर्छ भन्ने मेरो दृष्टिकोण छ। 

न्यायालय बन्धक भइरहेको बेला पनि राजनीतिक दलहरु किन मौन छन्?
न्याय क्षेत्रको विषयमा पहिले नै उनीहरुले बोल्नु उपयुक्त हुँदैन। पहिला न्याय क्षेत्रभित्रबाटै बोल्नुपर्‍यो, त्यहाँबाट आवाज आउनुपर्‍यो। समस्या समाधान भित्रबाटै गर्ने कोसिस हुनुपर्छ। यदि, त्यसो हुन संभव नभएर झन् विकराल स्थिति सिर्जना हुने अवस्था आए मात्र प्रतिनिधि सभाले बोल्छ। राजनीतिक दल बोल्छन्। ‘एक्सन’मै जान्छन्। समस्या आइसकेपछि प्रधानन्यायाधीश आफैँले स्वविवेक प्रयोग गरेर पद छाड्नु उपयुक्त हुन्छ। नभए, अन्तिम विकल्प र उपचार भनेको महाअभियोग हो।

Ncell 2
Ncell 2

तर, अहिले त संसद नै अन्त्य गरिएको छ। तत्काल महाअभियोग लगाउन संभव हुन्छ?
त्यसका पनि तरिकाहरु छन्। जस्तो, कुनै व्यक्तिले प्रधानन्यायाधीशविरुद्ध उजुरी हालेर त्यसलाई तीन जना सांसदले प्रमाणित गरिदिए संसदको बैठक बोलाउनुपर्छ। दोस्रो, प्रतिनिधि सभाका २५ प्रतिशत सदस्यले विशेष अधिवेशन बोलाउन माग गर्न सक्छन्। त्यो महाअभियोगकै लागि भनेर बोलाउन सकिन्छ। तर, यी उपायतिर जानु अहिले आवश्यक र उपयुक्त छैन। किनभने, न्यायालयलाई धेरै छताछुल्ल पार्नु राम्रो होइन। प्रधानन्यायाधीशले निकास दिने र अब बन्ने प्रधानन्यायाधीशले समग्र न्यायपालिकालाई सुधार गर्नेतर्फ जानुपर्छ।

जनताका प्रतिनिधि रहेका सांसदहरुले पनि यो विषयमा त्यति चासो दिएको देखिँदैन नि?
यसमा प्रतिनिधि सभा र राष्ट्रिय सभाकै माननीयले बोलिरहनुभएको छ। म आफैँले पनि बोलेको छु। राजनीतिक दलका नेताहरुले पनि बोलेका छन्। कार्यपालिका हाँकिरहेका नेताहरुले न्यायपालिकाबारे सार्वजनिक रुपमा विरोध वा आलोचना गर्नु उपयुक्त नभएकोले नबोल्नु भएको होला। उहाँहरुले कामै गर्नुपर्ने हुन्छ, गरिरहनु पनि भएको होला। नगरे अब गर्नुहुन्छ। अब यो समस्या निकासतिर जान्छ नै।

न्यायाधीशको राजनीतिक नियुक्ति हुँदा नै अहिलेको अवस्था सिर्जना भएको होइन र?
त्यसैको असर त देखिएको हो। नियुक्त भएका पात्र योग्य र उपयुक्त नभएकै कारण यस्तो भएको हो। अहिलेका प्रधानन्यायाधीश पनि यो व्यवस्था नआउँदै बहुदलकालमा वकिलबाट न्यायाधीश नियुक्त हुनुभएको हो। अरु पनि विभिन्न तरिकाले नियुक्त हुनुभएको हो। प्रधानन्यायाधीश त अनुपराज शर्मा पनि हुनुभएको हो नि। तर, उहाँ कहिले पनि विवादमा पर्नु भएन। त्यसकारण नियुक्त हुने कोही विवादित हुन्छन्, कोही हुँदैनन्। यो त व्यक्तिको चरित्र र तत्कालको परिस्थितिमा भर पर्छ। 

न्यायाधीशमा राजनीतिक नियुक्ति हुने संसारकै प्रचलन हो। अब राजनीतिक दलमा नभएका मानिस नियुक्त गर्ने हो भने कहाँ खोज्ने? नेपालका राजनीतिक दलमा नभएको मानिस अमेरिका, भारततिर गएर खोज्ने कुरा त भएन। हिजो पञ्चायतकालमा दलमाथि प्रतिबन्ध हुँदा दलमा नभएको मानिस चाहिने भन्ने हुन्थ्यो। अब अहिले कोही व्यक्ति नियुक्त भइसकेपछि उसले दलीय काम पो गर्नु भएन, दलबाट मुक्त हुनुपर्‍यो। हामी कहाँ पात्र बेठीक भए। अब त्यसरी नियुक्त हुने कसैले राजनीतिबाट मुक्त नभए कारबाही गर्न सजिलो हुने खालको ऐन कानुन ल्याउनुपर्छ। यसरी सुधार गरेर जानुपर्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति कतार प्रस्थान
अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
राष्ट्रपति कतार प्रस्थान सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प सोमबार, कात्तिक १७, २०८२
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो सोमबार, कात्तिक १७, २०८२
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक सोमबार, कात्तिक १७, २०८२
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक सोमबार, कात्तिक १७, २०८२
बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्