फाइल तस्बिर।
काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको तयारीस्वरूप खेलिएको वार्म अप खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र च्यासल युवा क्लब गोलरहित बराबरीमा सकिएको छ ।
आर्मीको लगनखेलस्थित मैदानमा बुधबार सम्पन्न खेलमा दुवै टोलीले केही मौका पाएपनि गोल गर्न सकेनन्।
यस्तै, एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युवा क्लबले १-१ को बराबरी खेलेका छन्।
निरकुमार राईको पेनाल्टीमा पुलिसले अग्रता लिएपनि सुदीप गुरुङले बराबरी गोल फर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।