काठमाडौं- सानिमा बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ।
दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत समान छुट वा अधिकतम तीन हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने सानिमा बैंकले जानकारी दिएको हो।
दराज ११.११ मेगासेल हुन केही दिनमात्र रहेकोले सानिमा बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।