काठमाडौं- काठमाडौं-लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले मोटरसाइकल यात्रा आयोजना गरेको हो।
हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका लागि यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ।
सोमबार बिहान प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डबाट यात्रा सुरु भएको हो। यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाडौं-पोखरा-लेते-जोमसोम-मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब ९०० किलोमिटर यात्रा गर्ने छन्।
नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा फ्ल्याग अफ गरेर यात्राको औपचारिक सुरुआत गरेका हुन्। उनले यात्रामा सहभागी सबै मोटरसाइकल चालकलाई अनुशासित भएर सतर्कता अपनाउँदै भ्रमण पूरा गर्न आग्रह गरे।
यस्तै कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका प्रतिनिधिले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।