काठमाडौं– आईएमईले ‘वर्ड टुर विथ साइग्रेस’ सुरु गरेको छ।
कार्यक्रम नेपालका सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा मंगलबारदेखि मंसिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१) सम्म आयोजना हुनेछ।
वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरूको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत् प्रस्तुति दिनेछन्।
नाभेम्बर ९ मा धनगढी, २२ नोभेम्बरमा पोखरा, ३ डिसेम्बरमा काठमाडौं, १३ नोभेम्बरमा झापा, २० नोभेम्बरमा बुवटल, १९ नोभेम्बरमा चितवन र १५ नोभेम्बरमा धरानमा कार्यक्रम हुनेछ।
कार्यक्रमको टिकेटिङ पार्टनर ‘आईएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ।
कार्यक्रम आईएमई लिमिटेड र आईएमई पेका आधिकारिक सामाजिक सञ्जालका पेजहरूका अतिरिक्त साइग्रेसका आधिकारिक पेजबाट पनि प्रसारण हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।