काठमाडौं- शाओमी नेपालले आज शाओमी प्याड ५ सार्वजनिक गरेको छ। यससँगै शाओमीले आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ।
‘प्रयोगकर्ताहरूको अनुभवलाई अझै उच्च स्तरमा लैजाँदै गएको शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लिक प्याड हो, जसले उत्कृष्ट सौन्दर्यता पनि प्रदान गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘शाओमी प्याड ५ ले ट्रु टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन-बक्स चार्जरसहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्री प्रस्तुत गर्दछ।’
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमी प्याड ५ एक अल-इन-वान ट्याब्लेट भएको बताए। ‘यो अनुकूल छ र आवश्यकता अनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा कार्य गर्दछ। तपाईं घरमा हुँदा वा अफिसमा हुँदा, यसको उत्पादकता-अनुकूल सुविधाहरूले तपाईं कार्यरत हुनुभएको कुरालाई सुनिश्चित गर्दछ,’ उनले भने।
बिल्ट-इन लो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथ शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यको अनुभव प्रदान गर्ने उनले बताए।
नेपाली बजारमा यसको मूल्य ६ जीबी प्लस २५६ जीबीका लागि ४९ हजार ९९९ रुपैयाँ र ६ जीबी प्लस १२८ जीबीका लागि ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ।
शाओमी प्याड ५ कात्तिक २१ गतेदेखि कस्मिक ग्रे र पर्ल वाइट रङमा नेपालका सबै आधिकारिक स्टोरहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।