काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’बाट भुक्तानी गर्न सकिने भएको छ।
राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। सो पदमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ।
अनलाइनमार्फत् आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि ‘खल्ती’ छनोट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।