काठमाडौं- स्पेनिस ला लिगा क्लब बार्सिलोना यस सिजन खराब लयमा रहेको छ। घरेलु लिगमा १२ खेलबाट १७ अंक जोडेको बार्सिलोना अंक तालिकाको नवौं स्थानमा रहेछ।
आफ्ना स्टार लिओनल मेस्सीको बहिर्गमन र मुख्य खेलाडीहरू चोटग्रस्त हुँदा बार्सिलोना यस सिजन लालिगाको उपाधि होडबाट लगभग बञ्चित हुने अवस्था छ।
केहीदिन अगाडि मात्रै आफ्नो मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान्सलाई बर्खास्त गरेको बार्सिलोनाले उनको स्थान सम्हाल्ने प्रशिक्षक क्याप नाउमा भित्र्याइसकेको छ। उसले नयाँ प्रशिक्षकको रूपमा आफ्नै पूर्वमिडफिल्डर जाभी हर्नान्डेजलाई भित्र्याएको हो।
उनले मंगलबारदेखि आफ्नो पहिलो प्रशिक्षण सत्र सुरु गर्ने क्याटलान क्लबले पुष्टि गरेको छ। कोम्यान बर्खास्तमा परेपछि क्लबको प्रशिक्षकको जिम्मेवारी जाभीले सम्हाल्ने शनिबार घोषणा भएको गरेको थियो।
बार्सिलोनाले जाभीसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेको छ। बार्सिलोनाले जाभीलाई आज (सोमबार) सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
क्लबको जिम्मेवारी सम्हाल्न शनिबार नै बार्सिलोना ओर्लिएका जाभीले प्रशिक्षण सत्र आवश्यकता अनुसार हुने र पूर्ण रुपमा कठिन हुने बताएका छन्।
यद्यपि, अन्तर्राष्ट्रिय विश्रामका कारण जाभीको प्रशिक्षणमा बार्सिलोनाले पहिलो खेल भने अक्टोबर २० मा लालिगा अन्तर्गत स्पान्योलविरुद्ध खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।