काठमाडौं– नेपालका लागि जीप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले नेपालमा नयाँ सोरुम सुरु गरेको छ। गजानन् अटो ट्रेडिङले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जीपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ।
पश्चिम नेपालको पहिलो जीप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरे। उद्घाटन कार्यक्रममा उनले प्रतिष्ठित जीप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए।
त्यसैगरी, एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जीप सोरुमको अपेक्षा गरिरहेको र उनीहरुको अपेक्षा पूरा गर्न पाउँदा निकै खुशी महसुस गरिरहेको बताए।
‘हामीलाई आशा छ यो डिलरसिपले जीप परिवारमा आबद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ,’ उनले भने।
जीप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ। जीपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्त्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्नेछ।
गजानन् अटो ट्रेडिङका प्रबन्ध निर्देशक कुबेर सोनीले नेपालगञ्जका ग्राहकलाई सबैभन्दा बढी विश्वास गरिएको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए।
गत असारमा नयाँ जीप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।