काठमाडौं– इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ। यो लिभरपुलको जारी सिजनको पहिलो हार हो। घरेलु मैदानमै पराजित हुँदा लिभरपुलले शीर्षस्थानको चेल्सीसँग अंकको दुरी घटाउने अवसर गुमायो।
खेलको चौथो मिनेटमा नै लिभरपुलका गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो।
खेलको४१ औं मिनेटमा लिभरपुलले गोल फर्काउँदे खेल बराबरमिा ल्यायो। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काए।
खेलको ६७ औं मिनेटमा फोर्नाल्सले गोल गर्दै खेल म २–१ को स्थितिमा पुर्याए। उनले जेरोड बोवेनको पासमा गोल गरेका थिए। त्यसको ७ मिनेटपछि नै बोवेनको कर्नरमा कर्ट जौमाले हेडरमा गोल गर्दा वेस्टह्यामलाई ३–१ को स्थितिमा पुर्यायो।
खेलको ७ मिनेट बाँकी रहँदा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि सम्भव हुन सकेन।
जितसँगै वेस्ट ह्याम लिभरपुललाई उछिन्दै अंक तालिकाको तेस्रो स्थानमा पुगेकोे छ। वेस्ट ह्यामले ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेको छ।
लिभरपुलले ६ जित, ४ बराबरी र १ हारसहित २२ अंक जोडेको छ। शीर्षस्थानको चेल्सीको २६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।