काठमाडौं– स्पेनिस ला लिगमा बार्सिलोना बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोयिकएको हो। सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३–० को अग्रता जोगाउन नसक्दा टोलीले ३–३ को बराबरी खेलेको हो।
प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछिको खेलमा बार्सिलोनाले पाँचौं मिनेटमा नै अग्रता लिएको थियो। अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गरेका थिए।
खेलको १८ औं मिनेटमा सर्जियो बुस्केट्सको गोलमा बार्सिलोनाको अग्रता दोब्बर बन्यो। ३४औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिस डिपाएको गोलसँगै पहिलो हाफमा नै बार्सिलोना जिततर्फ उन्मुख देखिएको थियो।
दोस्रो हाफमा घरेलु टोलीले सानदार पुनरागमन गर्यो। चोटका कारण फाती दोस्रो हाफमा मैदान उत्रेनन्। खेलको ५२ औं मिनेटमा इयागो आसपासले पहिलो गोल गरे। ७४औं मिनेटमा डिएगो नोलिटोले सर्भिको पासमा हेडरमार्फत गोल गरे भने इन्ज्युरी समयको छैटौं मिनेटमा आसपासले पहिलो टचमा गोल गर्दै खेल बराबरीमा ल्याए।
बार्सिलोनाले लिगको पछिल्ला ४ खेलमा जित दर्ता गर्न सकेको छैन। बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।