काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी विजयी भएको छ।
शनिबार बेलुका सम्पन्न खेलमा सिटीले युनाइटेडलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफमा भएका दुई गोल नै सिटीको जितमा पर्याप्त भयो। खेलको सातौं मिनेटमा युनाइटेडका एरिक बाइलीले आत्मघाती गोल गरेका थिए।
यस्तै, ४५औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन। युनाइटेडले गोल गर्ने राम्रा मौका बनाए पनि सफल हुन सकेन।
जितसँगै सिटी ११ खेलबाट २३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पाँचौं स्थानमा रहेको युनाइटेडको ११ खेलबाट १७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।