• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन १६, २०८३ Sat, Aug 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नियात्रा

खुम्बु यात्रा, बेंकार झरना र धन्साई बगरको घट्ट

64x64
मुक्तान थेबा शनिबार, कात्तिक २०, २०७८  ०७:१४
1140x725

झन्डै तीन वर्षसम्म ल्याङ्फ्याङ बाँचेको जिन्दगीको अध्याय–२ सुरु भयो। तर, यो अध्यायको सुरुवात पनि उसरी नै ल्याङ्फ्याङ पारामा भयो, जसरी पहिलो अध्याय टुङ्गिएको थियो।

कुनै खोल ओढेर हेर्दा यो ‘हिन्दू राज्य’ होइन। स्वरुपमा हामी धर्मनिरपेक्ष राज्यमा छौँ। सारमा चाहिँ अझै हिन्दू सनातनी राज्यकै निरन्तरता छ। दृष्टान्त खोज्न धेरै पर पुग्नुपर्दैन। दशैँ–तिहारको अत्यासलाग्दो बिदा सम्झिए हुन्छ। तपाईं मान्नुस्–नमान्नुस्, तर देश यी दुई पर्वको जातीय साङ्लामा जबर्जस्ती बाँधिएको छ।

यसपालिको तालिका यही मेसोमा दुईपाङ्ग्र्रेमा कोशीपारिका १० जिल्ला दैडिने थियोे। कतिपय विभेदकारी कानुन खारेजीको लागी युवा साथीहरूसँगको छलफल वृहत् बनाउनु थियो। आन्दोलनलाई देशव्यापी बनाउनु थियो। नयाँ ठाउँ र जीवनहरुबीचबाट आन्दोलन उठाउनु थियो। तर, असोज २३ गते १५ दिने खुम्बु–यात्राको प्रस्ताव कतैबाट अकस्मात टुप्लुक्क आइपुगेपछि अगाडिको योजना रोकियो।

मुक्तान थेबा

जब खुम्बु–यात्राको प्रस्ताव आयो, अराजक खप्परभित्र तँछाडमछाड लहरै उभिन आइपुगे कोङ्दे, त्यबोचे, ल्होत्से, चोमोलुङ्मा, आमादब्लाम, थामसेर्कु। पोहोरसाल खुम्जुङसम्म पुगेर फर्किएको अधुरो यात्रा एकाएक गर्जिँदै आए, ‘खबरदार! यो प्रस्ताव अस्वीकार गर्लास्।’

असोज २५ बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्यौँ। टिकटमा लेखिएको लुक्लाको उडान समय बिहान ९ बजेको थियो। हामीलाई अरु दुई घन्टा कुराएर विमान ‘वरिष्ठ यात्रुहरु’ लिएर गएछ। हामीले विमानस्थलको धावनमार्ग छोड्दा ११ नाघिसकेको थियो। यात्राका पथप्रदर्शकजी समय तालिकामा आएको गड्बडीले मुर्मुरिँदै थिए। त्यसै दिन मन्जो पुगेर बस्ने हाम्रो तालिका थियो।

१२ः०० बजे लुक्लाको खुम्बु रिसोर्टमा बिहानको खाना खायौँ। खानापछि हिड्यौँ फाक्दिङतर्फ।

ठाउँ–ठाउँमा भेटिने खच्चरको हुल। भरियाको पसिना। एकनास सुसाइरहने दुधकोशी। झर्नाको सुसेली। झोलुङ्गेको लचकता। हिमालको मुस्कान। र गन्तव्यतर्फ लम्किरहेका पदयात्रीहरुसँगै पहिलो दिनको यात्रा अघि लाग्यो।

मन्जोमा पुगेर बिसाउने योजना तारा एयरको बेइमानीले फाक्दिङमै रोकिने अवस्था आयो। तर, फाक्दिङ पुगेपछि हामीलाई लाग्यो, हामी अझै यात्रा तन्काउन सक्छौँ। मन्जो ताकेर अगाडि बढ्यौँ। बेंकार (२६६०मिटर) पुग्दा अँध्यारोले छोप्यो। मन्जो पुग्ने योजनालाई बिट मार्‍यौँ।

nimb
nimb
Ncell 2
Ncell 2

बेंकार गाउँको मुखैमा छ सदाबहार झरिरहने बेंकार झरना। झरनाकै छेउमा छ वाटरफल होटल। पहिलो दिनको यात्रा हामीले त्यही होटलमा बिसायौँ।

झरनाको मीठो संगीतमा मोहित नहुने को होलान् र? झरनापट्टिकै कोठा रोज्नमा थेबालाई रोक्ने कसले? झ्यालकै छेउबाट झरिरहेको झरनाको झर्झर। म त यसै पनि बिन्दास्।

टोलीका सबै सदस्यहरू आआफ्नो कोठामा झोला राखेर तल डाइनिङमा ओर्लिए। तातोपानी पिउँदै यात्राको अनुभुति सुनाउन थाल्यौँ। केही साथीहरूले सुच्या (नून, दुध र घ्यु हालेर बनाएको शेर्पा समुदयले पिउने चिया) पिउन थाले।

‘तोङबा पाइन्छ आमा?’

‘पाइन्छ। कति जनालाई?’

७० हिउँद काटिसकेका शेर्पिनी आमाले वर्षौँ पहिलोदेखि चिनेझैँ गरिभन्नुभो।

‘हामी दुई जनाको लागि ल्याउनुस्। अनि यहाँ गोरुको सुकुटी पाइन्छ आमा?’

‘छा.....।’

‘लु त्यसो भए हामीलाई दुई प्लेट सुकुटी पनि भुट्नुस्।’

प्लास्टिकको जगमा तोङबा भरिएर आयो। सोचेथेँ काठको बडेमानको ढुङ्ग्रोमा आउँछ। तर त्यसरी आएन। ती मौलिक भाडाहरु उहिले गायब भइसकेछन्।

‘अनि यो तोङ्बा आमाले नै बनाउनु भएको कि अन्तैबाट ल्याएको?’

‘आब हामीले यो तोङ्बा पनि भनाउन जानेन भने आरु के भनाउनु? मोइले आफै भनाएको। मर्चा थोरै हालेको छा। नरम छा। मीठो छा।’
तोङ्बा तान्ने र चिया पिउने दुवैले गोरुको सुकुटी चपाए।

‘यो सुकुटी साँच्चै मीठो लाग्यो। तपाईंहरुलाई कस्तो लाग्यो?’

‘हो, गजब मीठो छ। बरु भातसँग पनि अलिअलि यहि खाऔँ।’

सबैको सर्वसम्मतिले खानासँग पनि सुकुटी खाने निर्णय भयो।

‘यतातिर सुकुटी बनाउन दिन्छन् त आमा?’

‘आमाई लुक्लादेखि माथि त कुनै काटमार हुँदैन। खुम्बु क्षेत्रमा काटमार गर्न पाइँदैन। त्यसमाथि हामी त शेर्पा बुद्धिस्ट हो नि।’

‘अनि सुकुटी कताबाट ल्याउनुभएको त?’

‘यो त सोलु र खरिखोलातिरबाट बेच्न ल्याउँछन्। हामीले त्यै किनेर खान्छ। त्यै बेच्छ।’

लुक्लादेखि माथि सिंगै खुम्बु क्षेत्र काटमार र बलिप्रथामुक्त क्षेत्र हो। विशेषतः बौद्धमार्गी शेर्पा समुदायको बाहुल्य रहेको यो पर्यटकीय क्षेत्रमा कुनै पनि जनावर र पशुपक्षी मार्न वा शिकार गर्न प्रतिबन्धित छ। यति विशाल पर्यटकीय क्षेत्रमा पनि मानिसहरु अनुशासित छन्।

यसको मतलब के यो क्षेत्र मासुजन्य खाद्यमुक्त क्षेत्र हो त? होइन।  खुम्बु क्षेत्रभन्दा बाहिरबाट र मुख्यतः काठमाडौंबाट भरियाको डोको वा हेलीकोप्टर र प्लेन चढेर पुग्छन् मासुजन्य खाद्यवस्तु। तपाईंले खुम्बुक्षेत्रका प्रायः सबै होटलमा मासुजन्य खानेकुरा खान पाउनुहुन्छ।

रोचक कुरा, यसक्षेत्रका आठहजार मिटर माथिका हिमाल र आठहजारभन्दा होचो, तर प्राविधिक हिसाबले चढ्नलाई कठिन हिमालहरुको आधारशिविरहरूमा आरोहीलाई मासुजन्य भोजनको बफे सेट नै लाग्छ। ट्रेकिङ कम्पनिले आरोहीहरुका लागि मासुका विभिन्न परिकार तयार पारिदिन्छन्। शहरको कुनै सुविधासम्पन्न तारे होटलमा जस्तै खानेकुराको परिकार तयार हुन्छन्।

तर, त्यसरी खानेकुराको परिकार तयार हुने ठाउँमा कुनै होटल वा रिसोर्ट हुँदैनन्। ती परिकारहरु शिविरका क्याम्पहरुमा तयार हुन्छन्। यसरी हेर्दा खुम्बुक्षेत्र पशुबलि र काटमार प्रतिबन्धित क्षेत्र हुनु र यी परिकार पनि पाइनु एउटा विरोधाभाष नै हो। अझ शिकार प्रतिबन्धित क्षेत्रको व्यंग्य हो।

ताजा बरेलाको तरकारी, कालो दाल र सुकुटीसँग भात बजाएपछि हामी आफ्नो–आफ्नो कोठातिर लाग्यौँ। झरनाको छेउ पश्चिम फर्किएको झ्यालबाट एकनास झरनाको झर्झर संगीतले एकैछिनमा अतीतका स्मृतिमा डुबेको पत्तै पाइएन। राति घट्टमा बास बसेर मकै–कोदो पिन्दा घट्टको मदानीमा पानीको फोहोराले हान्दाको ध्वनि र बेंकर झरनाको संगीत उस्तै लाग्न थाल्यो।

उति बेला हाम्रो धन्साई बगर, बाख्रो खोल्सी, कुवापानी र कयार बगरमा एकनास घुमिरहन्थे पानी घट्ट। उति बेला गाउँमा अहिलेको जस्तो पिठो पिन्ने बिजुली–मिल थिएनन्। मकै र कोदो पिन्न घट्ट जानै पथ्र्यो। मलाई घट्टमा बास बसेर भारी पिन्न रमाइलो लाग्थ्यो। त्यति बेला म चार कक्षा पढ्थेँ। पहिलो पटक सानोबुबासँग घट्टमा बास बसेर मकै पिनेको सम्झना अझै ताजा छ।

दिउँसोको त्यस्तै ४ बजेको थियो। सानोबुबाले १० पाथी मकैको धोक्रो बान्नुभयो। नाइलनको एउटा झोलामा दुईटा काँक्रो, एकमुठा फर्सीको मुन्टा र गोरुको चार नरी सुकुटी पोको पारेर त्यही धोक्रोभित्र राखेर बाँध्नुभयो। मेरो लागि आमाले त्यस्तै तीन पाथी जति मकैको भारी बनाइदिनुभयो। पहिलो पटक घट्टमा बास बस्न जाँदै गर्दा मस्तिष्कमा एक खालको कौतुहलता थियो। सानोबुबाको पछिपछि तीन पाथी मकैको भारी बोकेर धन्साई बगरको घट्टमा पुगेँ।

त्यो घट्ट तामाङ बाजेको थियो। धन्साई गाउँ सिंगै मगर गाउँ हो। मगर गाउँको सिरानमा छ गोले टोल। गोले थरका तामाङहरुको बाहुल्य भएकोले त्यो टोलको नाम गोले टोल भएको हो। गोले टोलका बाजेले चलाउँथे घट्ट।

‘ल्हास्सो आस्या! हाम्बा ज्याबन मुला ?’
(नमस्ते मामा! सन्चै हुनुहुन्छ?)

‘ल्हास्सो कोन ! दात्तेदोनम हाम्बन मुला होइ।’
(नमस्ते भान्जा! अहिलेसम्म सन्चै छ।)

खरको छानो। चारैतिर मक्किएको फलेकले बारेको। पुरानो काठकै ढोका भएको सानो छाप्रोभित्र निरन्तर घुमिरहेको छ– गोले मेमेको घट्ट। घट्टको वरिपरि छ– मकै, कोदोका भारीको चाङ।

सानोबुबाले एउटा कुनामा आफ्नो भारी बिसाउनु भयो। मेरो तीनपाथी मकैको पोकोलाई आफ्नो भारीमाथि खप्ट्याएर राख्नुभयो। नाइलनको झोलाबाट कोसेली झिकेर घट्टबारे मेमेलाई दिनुभयो। गोरुको सुकुटी, फर्सीको साग र काँक्रो। म्हेमेको अनुहार खुसीले धपक्क बल्यो।

‘तिल्दा बाज्योन्गाबा ओम कोन चुराङ्बा से? आबासाइ तासेदा।’
(किन ल्याउनुभएको त भान्जा यस्तो कुरा ? नल्याउनुभएलो भए नि हुन्थ्यो।)

‘दिमरी मुबा ह्से आस्याङ। धर्मा दा खु ताला बिसि बाबा ए आस्याङ।’
(घरमा भएको चीज भरेलाई तरकारी भनेर ल्याएको नि मामा।)

घाम पश्चिमी डाँडा उक्लिन खोज्दै थियो। सानोबुबाले घट्टवरे मेमेको ढडिया र कोदाली बोकेर बाहिर निस्किनु भयो। घट्टदेखि थोरै तल झरेर खेतको कुलोमा माछालाई ढडियाको पासो थाप्नु भयो। कोदालीले पानी छेक्नुभयो। दुई जना मिलेर माछा मार्न थाल्यौँ। साँझले एक चपरी अँधेरो फर्काउँदै गर्दा हामीले पनि फगिटे, बुदुना, हिले, ठेँट, पित्ले गरेर झन्डै आधा माना जति बनाएछौँ।

काकाले माछाको तरकारी पकाउनु भयो। काँक्रोलाई मसिनो टुक्राहरु बनाएर नुन–खुर्सानी मोल्नुभयो। अचार यसै दामी। फर्सीको साग र सुकुटी चाहिँ घट्टवरे मेमेकै लागि थियो कोसेली। घट्टको फेरोमा झरेको मसिनो पिठोको ढिडो। आहा! कति गजब! माछाको झोलसँग स्वादको ढिडो बजायौँ।  

‘घट्टला छ्यम्बा ब्रोइ हाबाचिम छेकोन?’
(घट्टको ढिँडो मीठो हुनेरहेछ नाती ?)

‘ज्याबा मेमे।’
(मिठो छ बाजे।)

सानोबुबाले पिन्न बाँकी धोक्रोहरुको चाङ मिलाउन थाल्नुभयो। त्यसैमा हाम्रो ओछ्यान बन्यो। मैलिएको राडी ओढेर सुत्नुअघि नै मेरा आँखा सुस्ताउन थालिसकेका थिए। घट्टको मदानीमा डुँडको पानीले हान्दा निस्किने छ्यारछ्यार, घट्टको घुइँघुइँ अनि सोली र घट्टको मिलनमा नाचिरहने चराको टुकटुक। त्योभन्दा मिठो निन्द्रा अरु के हुन्थ्यो?

‘छेकोन रेगो। ह्याल तादाम्जी। धोइ किन्बा म्हि खाबा बेला तदाम्जी।’
(उठ नाती, उज्यालो हुन लाग्यो। भारी लिन मान्छेहरु आउनेबेला हुन लाग्यो।)

आँखा मिच्दै उठेँ। बाहिर अँध्यारो नै थियो। पुर्वी क्षितिजबाट उज्यालो धर्साहरु भर्खरै तेर्सिँदै थिए।

झिसमिसे आँधेरोमै सानोबुबा र म आफ्नो भारी बोकेर निस्कियौँ। उज्यालो नहुँदै त्यसरी उठ्नुको कारण चाहिँ हामीले अरुको पालो मिचेर आफ्नो भारी पिनेका रहेछौँ। अरु मान्छे भारी लिन आइपुग्नु अगावै त्यहाँबाट सुटुक्क बाटो लाग्यौँ।

यसरी पहिलोपटक सानोबुबासँग सुरु भएको घट्ट–यात्रा नौ कक्षा पढ्ने बेलासम्म निरन्तर जारी रह्यो। कहिले धन्साई बगर, कहिले बाख्रे त कहिले कुवापानी खोल्सी। कहिले सिम्ले त कहिले कयारफाँटको घट्टमा बास बसेर थुप्रै भारी पिनियो। प्रायः हामी साथीहरू मिलेर शुक्रबार घट्टमा बास बस्न जान्थ्यौँ र शनिबार बिहानै घर फर्किन्थ्यौँ। शनिबारे बिदा छोप्नु हाम्रो बाध्यता थियो।

घट्ट र मेरो स्कुले जीवनको साइनो रातिको मात्रै भने होइन।  कक्षा ५ उत्तीर्ण भएपछि झन्डै एक घन्टाको लामो दूरीमा रहेको माध्यमिक विद्यालयमा भर्ना भएँ। कक्षा ६ देखि ९ सम्म अविछिन्न सम्बन्ध छ मेरो, घट्टसँग।

घट्टमा भारी लाने दिन आमाले चाम्रे पकाउनुहुन्थ्यो।

आहा चाम्रे!

चाम्रे खाइसकेपछि हरियो रङको सर्ट, नीलो पाइन्ट र किताब उही नाइलनको झोलामा पोको पार्थेँ। झोलालाई पनि त्यही घट्ट लाने धोक्रोभित्र पोको पार्थेँ। र खुरुखुरु झर्थेँ फापरबारी शान्तिपुरको लोकहित मावि।

स्कुलको ठीक तल्लोपट्टी थियो ग्लान मेमेको घट्ट। २४ घन्टा नै अविछिन्न घुमिरहने घट्ट। सधैँ उतिकै भारीको चाङ लागिरहने घट्ट। घट्टवरे मेमे मेरो मावली बाजेको मीतको सम्धी पर्नुहुन्थ्यो। अर्थात्, हाम्रो आमाको मीत बहिनीको ससुरा। माया गर्थे मलाई।

स्कुल पुग्नुअघि घट्ट पुग्थेँ। लगारहेको कपडा फुकाल्थेँ। नाइलनको झोला निकाल्थेँ। स्कुलको ड्रेस झिकेर लाउँथेँ। र छेवैको स्कुल उक्लिन्थेँ। भरे स्कुल छुट्टी भएपछि घट्ट झर्थेँ। घट्ट पुग्दा मेरो भारी पिनिदिइसकेको हुन्थ्यो। त्यसपछि फेरि उसैगरी लगाएको कपडा फुकाल्थेँ। अर्को कपडा लगाउँथेँ। पिठोको भारीसंगै अर्को यात्रा सुरु हुन्थ्यो।

तीन पाथी मकैको भारीबाट सुरु भएको मेरो घट्ट–यात्रा १० पाथीसम्म पुगेर टुङ्गियो।

प्रवेश परिक्षाको तयारीसँगै टुङ्गिएको घट्ट–यात्रा फेरि कुनै एक रात बास बस्ने गरी जाने सपना जिउँदै छ।

तर, अब त त्यो सपनाको आयु पनि करिब सकियो। अचेल गाउँघरमा पानी घट्टहरु छैनन्। बिजुली मिलहरु छन्। मिलहरुमा बास बसेर पिठो पिन्नु पर्दैन।

उही पुराना दिनको सम्झनालाई ताजा बनाएर ल्याइदियो बेंकार झरनाले। तिमीलाई थुजेछे बेंकार। तिमी सधैँ यसरी नै झरिरहनु। फेरि कुनै दिन तिम्रो काखमा यसरी नै सुस्ताउन आउनेछु। शुभरात्रि!

प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मुक्तान थेबा
लेखकबाट थप
खुम्बु यात्रा, बेंकार झरना र धन्साई बगरको घट्ट
अकस्मात हिमपात, तर रोकिएनन् हिमालतिर बढेका पाइला
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल शुक्रबार, साउन १५, २०८३
तराई-मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग शुक्रबार, साउन १५, २०८३
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकाण्ड : शव बुझ्न सहमति, पोस्टमार्टमको तयारी शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्