• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जुम्लाका राजा बलिराजले ६०० वर्षअघि यसरी सुरु गरेका थिए खसानी भैलो

मनोहर लामिछाने बिहीबार, कात्तिक १८, २०७८  १६:५९
1140x725
तस्बिर : गोरखापत्र

खसानी देउसी भैलीबारे चर्चा गर्नुपूर्व खसहरु र खसान क्षेत्रबारे संक्षिप्त चर्चा गर्नु उपयुक्त होला। खस राज्य स्थापना हुनु पूर्वको अवस्था र खसहरूको राज्य स्थापना भइसकेपछिको खसान क्षेत्रबाट बिस्तार भएको भैलो संस्कृति आजसम्म निरन्तर छ। यी सबै बुझ्नको लागि खसान क्षेत्रमा मानवीय बसोबास, यिनीहरुका क्रियाकलाप, भिन्न संस्कृतिबीच अन्तरसंघर्ष र त्यसबाट विकाश भएको संस्कृतिबारे चिरफार गर्नु आवश्यक हुन्छ।

उद्गमस्थल मानसरोवर भएको कर्णाली नदीलगायत अन्य नदी, खोलानालाका खोँच र फाँटवरिपरि मानिसहरु बसोबास गर्ने गरेको विश्वास गरिन्छ। खस जातिको सत्वको लडाइँ पुस्तकमा उल्लेख भएअनुसार ‘....पाँचौं शताब्दीको बीचमा कर्णाली नदीको वरिपरि बसोबास प्रारम्भ गरेका थिए। खसहरुको प्रभुत्व भएको यस क्षेत्रलाई खसान देश भनियो। पछि यिनीहरुले मानसरोवर क्षेत्रको खारी प्रदेश र तिब्बतको गुंगेंलाई मिलाई खसान राज्य स्थापना गरेका हुन्।’ (शिवाकोटी : सन् २०१४ः १२१)

यस क्षेत्रको अझ प्राचीनतातर्फ दृष्टि दिंदा यहाँको संस्कृति निर्माणमा मानसरोवर वा कैलाश (कविलास) सभ्यताको पनि प्रशस्त प्रभाव परेको पाइन्छ। यसका साथै मध्यपूर्वबाट पहाडी भूभाग हुँदै पूर्व लागेका कविलाईहरु र पछि विभिन्न कालखण्डमा सिन्धुघाँटीलगायत दक्षिणबाट यहाँ प्रवेश गरेका विभिन्न समूह, उप–समूह तथा खसान कै रैथाने जात–जातिहरूको संगमभूमि बन्न पुगी संयुक्त संस्कृति (मिश्रित संस्कृति) खसानी लोक संस्कृति बन्न पुग्यो। सो पुस्तकमा उल्लेख भएअनुसार खस एशियाको ककेसस क्षेत्रको आदिवासी कविलाई समूहबाट बनेको जाति हो। पश्चिम एशियाको वेविलोनमा खसहरुलाई कस भनिन्थ्यो।

मनोहर लामिछाने

यही भूमि कुनै बेला स्त्री राज्यका नामले परिचित थियो। आदिम समयदेखि यो भूमि विभिन्न जातजाति सम्प्रदायको सङ्गमस्थल पनि थियो। यहाँका आदिबासीका रुपमा यक्ष, गन्धर्व, किन्नर, नाग आदि समुदाय रहेको पाइन्छ। नेपालको प्रारम्भिक इतिहासमा रुद्र, यक्ष, गन्धर्व, किन्नर, नाग, वृषभ, किरात जनजाति यस भूमिमा क्रियाशिल रहेका अनेक प्रसङ्ग वेदपुराणहरुमा उल्लेखित छन्।

खसानको जुम्लामा मिथकीय जालन्धर वंशपछि मल्लहरुले राज्य स्थापना गरे। त्यसपछि तिब्बतको यारी गुंगेबाट सिंजा लामाथाडामा राजधानी कायम गरी सन् ११५० मा शासनसत्ता स्थापित गरेका चापवंशीय नागराजाले स्थापना गरेको विशाल खस राज्य बन्यो। खस राज्यभित्र सवालाख पर्वत भएको हुँदा यसलाई ‘सपादलक्ष’ का नामले पनि चिनिने रत्नाकर देवकोटाले आफ्नो पुस्तक ‘वृहत जुम्ला राज्यको ऐतिहासिक विवेचना’मा उल्लेख गरेका छन्।

चापवंशका नागराजाका वंशहरुले २०० बर्ष जति शासन गरेपछि पालवंशीय पुण्य मल्लको हातामा राजपाट आयो। यसै वंशका पृथ्वी मल्लको समयसम्म आउँदा खसानकै कुमाउ गडवाल तथा डोटी, बझाङ विद्रोह तथा खारी प्रदेशको उन्मुक्ति हुँदै सिंजा खस राज्यमा बर्मा परिवारको रजगज स्थापित हुन पुग्यो। पछि बाँकी रहेको खसराज्य बडेराजा मलय बर्माको समयमा विविध कारणले आफ्ना सन्ततिहरुलाई राज्य विभाजन गर्दा सिंजालगायत जुम्ला राज्यको राजपाट वलिराजले प्राप्त गरे।

वलिराजका सन्ततिहरूले विसं १४६१ देखि वि.सं. १८४६ (जुम्ला नेपाल राज्यमा एकीकरण नहुदासम्म) करिब ३८५ वर्ष राज्य गरेका थिए। बलिराज जुम्लाको सर्वाधिकार राजा भएपछि उनैले भैलो खेल्ने प्रचलन चलाएको पाइन्छ। त्यसैले भैलोमा– ‘हामी त्यसै आएनौँ, वलिराजले पठाको’ भन्ने आँखर छ।

बलिराजा वैदिक, दानी थिए वा लौकिक जुम्लाका कल्याल वंशीय प्रथम राजा हुन् भन्ने बारेमा प्रश्न उठ्ने गरेको छ। कतिपयको केही विमति पनि छ। तर, यसका अध्यताहरुले लौकिक जुम्ली बलिराज भएको तथ्यहरुलाई उजागर गरेका छन्। त्यसैले भैलो नितान्त खसानी भूमि जुम्लामा सिर्जित भएको नयाँ प्रयोग हो। जो करिब ६०० वर्षभन्दा पुरानो विरासदलाई हालसम्म पनि स्वीकारेको पाइन्छ। हाल, भैलोसँगै जोडिएको देउसी प्रारम्भमा एकै साथ सुरुवात नभए पनि मगर कविलाईहरुले प्रयोग गर्दै आइरहेको देउसी वा देउसुरे पनि भैलोसँग जोडिएको पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

जुम्ला राज्य र बलिराज
यमल, जमल, जुमल, जुमिला, जुमला हुँदै विसं १५०७ देखि जुम्ला नामाकरण भएको पाइन्छ। यसलाई छिनासिम र चौधान जुम्लाका नामले पनि चिनिन्छ। बलिराज जुम्लाको राजा भएपछि भैलो खेल्ने प्रचलनको सुरुवात गरेका थिए।

बलिराजले जुम्लामा किन भैलो प्रचलन चलाए यस सम्बन्धमा त्यति खोज अनुसन्धान हुन सकेको छैन। यिनी जुम्लामा सर्वाधिकार राजा हुनुपूर्व तिव्रीकोट र मुगुमा आफ्नो अधिकार जमाई बसेका थिए। यस्तै मलय बर्माको राज्य खण्डीकरण हुनुअघि मुसलमानहरुले खस राज्यसम्म आक्रमण गरेका थिए। मुसलमानी आक्रमणको संभावना टरेको थिएन। राज्यलाई मजबुत बनाउन छिमेकी राज्यसँग यिनको सम्बन्ध राम्रो थियो। विषम परिस्थितिमा राज्य युद्धमा होमिँदा अन्न कम हुने स्थानमा अन्नपात र रकम सङ्कलन गर्नको लागि भैलो प्रचलन चलाएको अनुमान गर्न सकिन्छ।

खसजाति र खस राज्यको खोज अनुसन्धान गरेका प्रा. बालकृष्ण पोखरेलले उल्लेख गरेअनुसार– खसानमा मुसलमान (तिमुर) सँग लड्नको लागि संकलन गरिएको नगद जिन्सी चन्दालाई भैलोमार्फत सङ्कलन गरेको आशंका छ। जो पछि निरन्तर रुपमा चल्दै गयो र विभिन्न रुपमा प्रचलनमा आइराख्यो।

प्रारम्भमा भैलो वर्तमानको जस्तो यमपञ्चकमा नभएर मार्ग शुक्ल पूर्णिमाको रातमा एक दिन र पौष शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म खेलिन्थ्यो। केही स्थानमा पुष महिनाभरि खेलिन्थ्यो। कुनै बेला खसान क्षेत्रभित्रै पर्ने हालको बैतडीका केही स्थानमा दशैँको टीकाको दिनदेखि यमपञ्चकको अन्तिम दिन भाइटीकाको रातिसम्म भैलो खेल्ने प्रचलन छ।

Xtrem

Xtrem

बलिराज जुम्लाको राजा हुनुपूर्व उनको प्रभुत्व रहेको तिव्रीकोट (हाल डोल्पा) र जुम्लाको केही स्थानमा पौष शुक्ल द्वितीयाका दिन आमाले छोरालाई टीका लगाई दिने र सोही दिन भैलो खेल्ने गरिन्छ। यहाँका कतिपय स्थानमा मंसिर पूर्णिमालाई भैलो पूर्णिमा र खसानका केही स्थानमा बालो भैलो र बुढो भैलोको नामले पनि पुकारिन्छ। यस क्षेत्रमा देउसीको प्रचलन भने धेरैपछि भएको हो।

प्रारम्भमा देउसी खेलिँदैनथ्यो। खसानको दक्षिण क्षेत्र जहाँ मगर जातिको बाहुल्यता थियो। त्यस क्षेत्रमा प्रचलनमा आएको भैलो र देउसीको संयुक्त गायनलाई लोक संस्कृतिको स्थानान्तरणबाट उताको यता यताको उता प्रचलनमा आएको अनुमान गरिन्छ। प्रारम्भमा जुन उद्देश्य र कारणबाट भैलोको प्रचलन चले पनि भैलोबाट सङ्कलित चामल र नगदको पाटाभात खाने चलन छ। जुम्लातिर पौष महिनाभित्रै पाटा भात खाइन्छ भने खसानका अन्य स्थानमा भैलीको भातका नामले मंसिर, पौषमा खाने प्रचलन छ। केही स्थानमा भैलीको भात खाँदा, भात पाक्दै गर्दा उक्त स्थानमा भैली खेल्ने गरिन्छ।

प्रारम्भमा बेग्लै उद्देश्यले प्रचलित भैलो मंसिर पुसमा नखेलेर अब भने तिहारका पाँच दिन खेल्ने प्रचलन छ। हिन्दूहरुले मनाउने तिहारमा नेपालबाहेक अन्य देशका हिन्दूहरुले भैलो खेल्ने प्रचलन नभएको हुँदा यो विशुद्ध खसानी संस्कृति हो। यसको उत्पत्तिस्थल जुम्ला राज्य नै हो।

यस्तै, यमपञ्चकमा नेपालीहरुले गर्ने कुकुरपूजा पनि अन्य स्थानका हिन्दूहरुले गर्दैनन्। भारतीय हिन्दूहरुले हाम्रो भाइटीकालाई मनाउँदैनन्। बरु दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिने चलन छ।

देउसी, भुवो र सैरली
जुम्लाका दक्षिण क्षेत्रमा पर्ने खसानी भूमि विशेष गरी राप्ती भेरीका मगर बस्तीहरुबाट विकाश भएको देउसी/देउसुरे/द्याउसुरै खेल्न सुरु गरिए पनि पछि तिहारका यमपञ्चकका लक्ष्मीपूजाका दिन देखी भाइटीकासम्मको तीन दिन भैलीसँगै देउसी खेल्न थालियो। आजभोलि समयाभावले कागतिहारदेखि तिहारका पाँच दिन देउसी–भैलो एकसाथ खेलिन्छ। भैलोको गति सुस्त प्रकारको हुन्छ भने देउसीको गति केही तिव्र हुन्छ। देउसी फूर्तिलो प्रकारले छिटोछिटो उफ्रीउफ्री खेलिन्छ।

भुवो भने जुम्लाको उत्तरीभेग मुगु हुम्ला हुँदै बझाङतर्फ बढी प्रचलनमा रहेको पाइन्छ। खसानका दक्षिणी भेग राप्ती, भेरी तर्फ प्रारम्भिक अवस्थामा भुवो खेलिए पनि अव भने भूवो टाकुरी, भूवो खेल्ने नामका स्थान मात्रै छन्।

सैरली प्रचलन हालको जाजरकोट, रुकुम, सल्यान र सुर्खेतका भेरी नदी आसपासको क्षेत्र जाजरकोट खलंगादेखि रुकुम सल्यान, सुुर्खेतसम्मका स्थानमा तिहारको औंसीको दिनदेखि भाइटीकाको विहानसम्म अविवाहित कन्या केटीहरुले भैलो जस्तै सैरली खेल्ने प्रचलन थियो। औंसीको राति अमुक गाउँका सैरली (केटीहरु) लाई आमन्त्रण गरेर ल्याउने र तिहारको सैरली खेली सकेपछि एक वर्षसम्म सैरली गाउँका केटी र सैरली ल्याउने गाउँका केटाहरुबीच हाँसखेल, ठट्टा, रमाइलो गर्ने प्रचलन थियो। दुवै गाउँका केटाकेटी (स्थानीय भाषामा छोट्या÷छोट्टीे) एकआपसमा रमाइलो गर्ने प्रचलनलाई सैरली भनिन्छ। उक्त क्षेत्रमा तिहारमा केटीहरुले सैरली खेल्ने गर्छन्। पुरुषलाई भैलेरा र केटीहरुलाई सैरली भन्ने गरिन्थ्यो।

देउसी भैलोमा परिवर्तन
अब विगत जस्तो परम्परागत रुपले खेलिने भैलो–देउसीमा परिवर्तन भएको पाइन्छ। समयसापेक्ष लोक निर्मित संस्कृतिहरुसँगै नाचिने स्थानीय लोकनाचहरु लहरे वा पैसरी, सिंगारु, सोरठी जस्ता नृत्यमा प्रयोग हुने भेषभूषा, गरगहनालगायत आभूषण अब विरलै देख्न पाइन्छ। मादल, झ्याली, बैजन जस्ता स्थानीय लोकबाजाहरु प्रयोग नभएर ड्रमसेट प्रयोग हुन्छ। स्थानीय गीतहरुभन्दा आयातित गीतहरुमा नचिने हुँदा प्रारम्भिक भैलो देउसीमा परिवर्तन आइसकेको छ।

परिवर्तनका नाममा हाम्रा लोक परंपरा संस्कृति जानी नजानी रुपान्तरण भइरहेको छ। जसको कारण खसान क्षेत्रमा रहेका विभिन्न प्रकारका लोकगीत, लोकसंस्कृति, लोकबाजा, लोकभेषभूषा धमाधम लोप हुँदै जाने डर छ।

सकारात्मक पक्ष भनेको भैलोबाट सङ्कलित रकमले सामाजिक कार्य गर्ने गरेका पाइन्छ। धनपतिहरुले विभिन्न संघ संगठन, पार्टीका नाममा भैलो खेलेर दक्षिणा (चन्दा) दिने प्रचलनले केही विकृति फैलाएको छ। केही संगठनहरुको मुख्य आयआर्जनको श्रोत भैलोलाई बनाउँदा शुद्ध सांस्कृतिक पर्वमा विकृति भित्रने डर त्यत्तिकै छ।

विभिन्न स्थानमा प्रचलित भैलो र देउसीका केही नमूनाहरु-

(क) सल्यान जिल्लाको उत्तर पश्चिम क्षेत्रमा प्रचलित देउसीको नमूना :
हुर्र हो – देउस्यो
कुर्र हो – देउस्यो
आइगिम् हामी – देउस्यो
रातो माटो – देउस्यो
चिप्लो बाटो – देउस्यो
खेल्दै आइगिम् – देउस्यो
यसु घरको आगनीमा – देउस्यो
देउसी खेल्न – देउस्यो
आइगिम हामी – देउस्यो
खेल्ने केटा – देउस्यो
आइग्या भनी – देउस्यो
दुख जन नमान्य – देउस्यो
पर्वले – देउस्यो
जोगले – देउस्यो
आइगिम हामी – देउस्यो
औसर माफ – देउस्यो
दुःख मनाउ नगर्नु – देउस्यो
अरुकासँगी धेरै जना – देउस्यो
हाम्रासँगी चारै जना – देउस्यो
जस्तै गरी – देउस्यो
डाँडामाथि – देउस्यो
फुक्र्या चडी नाच्दछे – देउस्यो
उस्तै गरी नाच हो – देउस्यो
हुर्र हो – देउस्यो
कुर्र हो – देउस्यो
नाच हो – देउस्यो
खेल हो – देउस्यो
यसु घरको – देउस्यो
तामा पैसो – देउस्यो
सुनचाँदी – देउस्यो
ताउली गाग्री – देउस्यो
हुन्ना खरकाउला – देउस्यो
भोट्या नुन – देउस्यो
सधैँभरि भरियून् – देउस्यो
यसु घरकी मालिक्नी – देउस्यो
बाँचिरहुन् – देउस्यो
हुर्र हो – देउस्यो
कुर्र हो – देउस्यो

(श्रोत – मनोहर लामिछाने)

(ख) जुम्ला जिल्लामा प्रचलित परंपरागत भैलो पहिला सुरु गर्दा मंगलबारमा औंसी परेको हुनाले प्रतिपदा तिथि बुधबारबाट शुरु गरिएको थियो। जुम्लामा प्रचलित सानो भैलो मंसिरमा एक दिन र पुषमा पर्ने ठूलो भैलोको एक नमूना –

जब रवि जान्याइ छन् गुरुका धनु राशमा
शुभ कार्य कै हुन्नन् यै पौष मासमा
रिथिथिति थाम्नलाई भैलो चलन चलाया
बलिराजले भैलेरा मानसरोवर पठाया
मानसरोवर पुगेर भैलो खेल्या भैलेरा
सरबर नुहाई कैलास घुम्या तिनफेरा
यो भैलो काँबाट उब्ज्यो मानसरवरबाट
सरोवरका भैलाले क्यौ क्यौ खान्गी पायो
सरोवरदयै उठ्या भैलो ताख्लाखर पुग्यो
ताख्लाखरका भैलले तामो खान्गी पायो
ताक्लाखरद्यै उठ्या भैलो सहर गुम पुग्यो
सहर गुमका भैलाले जिम्मुवाली पायो
सहर गुमदैै उठ्या भैलो जुम्ला चौधान पुग्यो
चौधान चौरका भैलाले क्यौ क्यौ खानगी पायो
चौधान चौरका भैलाले अड्डा खानगी पायो
हे औसी बार दर बुध बार
दमारे खोेली बाँसमा जोली
बाँसयभित्र आग्याँन ताप्या
पिपुल ढाल्या पिपल पाती
रायकी छाती राय जमाउनु
बाखरी खानु यो बाखरी
कसु सुहाल भैलो सुहाला
भैलेरा आया ऋतु जनाया
ऋतुकी मा
र्‍या हाम्री खेल्नी चाया
चा
र्‍या पैचार्‍या ढाल मौरु ढाल
काट पुरबाल भेडी जङ्गल
भैलाका रात्री चौथमी छेडो
पच्यामी घोडो घोडा घोडाउली
छेडो छेडाउली भैलो गयो दाङ
अरु क्यै नमाग मोहर पैसा माग
ताई तल जाउला छ्याई छ्याई गनौला
कस्ले दिया भनौला जिम्मुवालले दिया भनौला
नामै चलाउला नामैकी माया
हाम्री खेल्नी चा
र्‍या चार्‍या पैचास्या
दुवाजन जेलिया पाथाजन भरिया
पिप्ल जन गाज्या लाख बर्ष बाँच्या
घार मौरा आइवाज
ल्हास घोडा शिर ताज
अन्न भैलो दिन्यालाई अनिकाल नपरोस्
मोहर पैसा दिन्यालाई दाल्दले डेरा नगरोस्

(संकलक : राजबहादुर कुवर, जुम्ला)
 
(ग)दशैको टीकाको दिनदेखि तिहारको भाइटीकाको रातिसम्म खेलिने बैतडी तिरको परंपरागत भैलीको नमूना –

छम्म छडिया
भक्कुला मडिया    
प्याउलीका फूल    
के वार उब्ज्यो
स्वादकी द्वारी
गाइको तिहार
देलाकी फागु
जो खाला आजु
आजुकी काजु
बढी भौला राजु
र्सेनी बार
खेलानी चाड
खेलहो खेल्दा
(श्रोत – मनोहर लामिछाने)

(घ) सल्यान र रोल्पा र रुकुम जिल्लाका केही स्थानमा खेलिने ढ्याउँसिरे –

ए भन भन संगी हो    –    ढ्याउँसिरे
ए स्वर मिलाइ कन    –    ढ्याउँसिरे
ए भट्टयाउनेको         –    ढ्याउँसिरे
ए स्वरै राखी        –    ढ्याउँसिरे
ए बजाउनेको        –    ढ्याउँसिरे
ए तालै राखी        –    ढ्याउँसिरे
ए बर्ष दिनको        –    ढ्याउँसिरे
ए तिहारैमा        –    ढ्याउँसिरे
ए रामै घरको        –    ढ्याउँसिरे
ए दलानैमा        –    ढ्याउँसिरे
ए आयौं हामी        –    ढ्याउँसिरे
ए आए भनी        –    ढ्याउँसिरे
ए पिर वादा        –    ढ्याउँसिरे
भट्टयाउने            समूह
ए औसर माफ        –    ढ्याउँसिरे
ए सधैँ हामी        –    ढ्याउँसिरे
ए आउने छैनौ        –    ढ्याउँसिरे
ए पुर्खै देखि        –    ढ्याउँसिरे
ए चलेको रीति        –    ढ्याउँसिरे
ए कुकुर तिहार        –    ढ्याउँसिरे
ए लक्ष्मीपूजा        –    ढ्याउँसिरे
ए गाईतिहार        –    ढ्याउँसिरे
ए गोवर्धन पूजा        –    ढ्याउँसिरे
ए बल्ल तिहार        –      ”
ए भाइ तिहार        –      ”
ए निधारैमा        –      ”
ए टीका लाउने        –      ”
ए गलियामा        –      ”
ए मखमली        –      ”
ए सयपत्री        –      ”
ए जमराको        –      ”
ए माला लाउने        –      ”
ए यो पर्वलाई        –      ”
ए जनाउनालाई        –      ”
ए मनाउनालाई        –      ”
ए आएका हामी        –      ”
ए ढ्याँउसिरे खेल्दै    –      ”
ए घरमूली आमा    –      ”
ए विदा दिनुस्        –      ”
ए ढ्याँउसिरेको        –      ”
ए आसिकैले        –      ”
ए धन धान्यले        –      ”
ए पूर्ण हवस्        –      ”
ए सुखै सुखले        –      ”
ए घरै छाओस्        –      ”
ए माटो छोए        –      ”
ए अन्न होओस्        –      ”
ए ढुंगा छोए        –      ”
ए धन होओस्        –      ”

(स्रोत : देवा घर्ती, सल्यान)


इतिहासको एउटा काल खण्डमा आफ्नो भूमि रक्षा र राज्यको साख बढाउन तथा बचाउन प्रचलनमा ल्याइएको भैलो आज अर्कै रुप र परिवेशमा रुपान्तरित भएर सांस्कृतिक पर्वको रुपमा चलिरहनु लोकको स्वीकारोक्ति वा अनुमोदन हो। ६०० वर्षको यसको यात्रामा राज्यसत्ता र राजनैतिक अवस्थामा कयौं परिवर्तन आइसके पनि त्यसको प्रभाव भैलो संस्कृतिमा देखिँदैन।

त्यसैले राजनैतिक परिवर्तन गर्न जति सहज हुन्छ सांस्कृतिक परिवर्तन गर्न त्यत्ति सहज हुँदैन। लोकले चलाएको प्रचलन लोकले स्वीकार्दासम्म चलिरहन्छ। जुम्लाबाट चलेको भैलो जुम्ला राज्यमा नरहेका अन्य राज्यमा आ–आफ्नै प्रकारले  विभिन्न परिवेशमा चलाएको पाइन्छ। भैलोसँगै गासिदा देउसी पनि जुम्लामा पुगेको पाइन्छ।

भैलो संस्कृतिमा जाति, धर्म, समुदायमा विभेद नहुनाले यसले सबै कालमा सबै जनमा मान्यता पाइनै रह्यो। तर यसको श्रीवृद्धि र वर्तमानसम्मको निरन्तरतामा खस र खसान क्षेत्रको देनलाई बिर्सन हुँदैन। किनकि खसहरु सधैं उदार थिए, कट्टर थिएनन्। यिनै विशेषताले आज भैलो देउसी संस्कृति अनवरत स्वस्फूर्त रुपले चलिरहेको छ। भैलो धर्म विशेष नभएर यसको सम्बन्ध भूगोलसँग छ। भैलो संस्कृति अन्य स्थानका हिन्दूहरुमा छैन। त्यसैले हामी भन्न सक्छौं, भैलो संस्कृति नेपालीहरुको साझा संस्कृति हो भने यसको उद्गम भूमि खसान क्षेत्र हो।

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्