यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको समूह 'ए'को खेलामा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ।
इन्ज्युरी समयको 'गल्ती'ले पीएसजी लाइप्जिगसँग २–२ को बराबरीका रोकिनु परेको हो। पीएसजीका लागि जर्जिन्हो वाइनाल्डमले २ गोल गरे।
रेडबुल एरिना लाइप्जिग जर्मनीमा बुधबार राति भएको खेलमा घरेलु टोली लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले १–१ गोल गरे।
खेलको आठौं मिनेटमा नै क्रिस्टोफोर एनकुकुको गोलबाट लाइप्जिगले अग्रता लिएको थियो। उनले आन्द्रे सिल्भाको पासमा गोल गरेका थिए। खेलको १२औं मिनेटमा आन्द्रे सिल्भा पेनाल्टीमा चुक्दा लाइप्जिगले अग्रता दोब्बर पार्न भने सकेन।
खेलको २१औं मिनेटमा गोल गर्दै जर्जिन्हो वाइनाल्डमले पीएसजीलाई १–१ गोलको बराबरीमा ल्याए। उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए। ३९औं मिनेटमा मार्किन्हसको पासमा दोस्रो गोल गर्दै बाइनाल्डले पीएसजीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए।
जिततर्फ अघि बढेको पीएसजी इन्ज्युरी समयमा भने चुक्यो। अन्तिम समयमा प्रेसनेल किमपेम्वेले गल्ती गर्न पुगेपछि लाइप्जिगले पेनाल्टी पायो। किमपेम्वेले पेनाल्टी बक्समा किमपेम्वेले फउल गरेपछि रेफ्रीले लाइप्जिगलाई पेनाल्टी प्रदान गरेका थिए। पेनाल्टीको अवसरलाई डोमिनिक सोबोस्लाईले गोलमा परिणत गरेपछि लाइप्जिग २–२ को बराबरीमा पुग्यो।
लाइप्जिगसँगको बराबरीपछि ४ खेलबाट ८ अंक जोडेर पीएएजी अंक तालिकामा समूह 'ए'को दोस्रो स्थानमा झरेको छ। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ अंक छ। पहिलो अंक जोडेको लाइप्जिग पुछारमा छ। यस्तै, क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।