काठमाडौं- लिटल स्टार तेक्वान्दो डोजाङले नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य र निशा दर्नाललाई सम्मान गरेको छ।
लिटल स्टार तेक्वान्दोले दिक्षान्त समारोहको अवसर पारेर १३औं दक्षिण एसियाली खेलकुद (साग) की दुई स्वर्ण पदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो। प्रशिक्षण शिविरमा रहेकी निशा भने समारोहमा उपस्थित थिइनन्। उनको भाईले निशातर्फबाट सम्मान गरे।
सो अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी र दक्षिणी मोहडाबाट सफल आरोहण गर्ने विश्वकी पहिलो महिला पत्रकार कल्पना महर्जन र आठ वर्षकै उमेरमा ब्लाक बेल्ट हासिल गर्ने दिग्विजय महर्जनलाई पनि सम्मान गरियो। दिग्विजय विश्व कीर्तिमानी आरोही पत्रकार सम्मानित कल्पनाका छोरा हुन्।
लिटल स्टार तेक्वयिपान्दोले दिग्विजयलाई नेपालका सबभन्दा कान्छो उमेरका तेक्वान्दो ब्ल्याकबेल्टधारी भएको दावी पनि गरेको छ। सो कार्यक्रममा लिटल स्टार तेक्वान्दो डोजाङमा ब्ल्याक बेल्टमा दिक्षित भएका २५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।