काठमाडौं- ताजिकिस्तानमा सम्पन्न एएफसी यू–२३ एसियन कप छनोटमा भाग लिएर नेपाली टोली स्वदेश फिर्ता भएको छ।
छनोट चरणका तीनै खेलमा फराकिलो हार बेहोर्दै टोली टोली बुधबार साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो।
स्वदेश फिर्ता भएपछि प्रशिक्षक बालगोपाल महर्जनले तयारी सन्तोषजनक हुन नसकेकोले प्रदर्शन सोचेअनरुप हुन नसकेको बताए।
‘नेपालको मात्र नभई दक्षिण एसियाकै फुटबलस्तर कमजोर रहेको यो छनोटका दौरान देखिएको छ। श्रीलंका, बंगलादेश र माल्दिभ्सले पनि राम्रो गर्न सकेनन्,’ उनले भने, ‘भारतले अरुको भन्दा केहि राम्रो गर्नुको कारण उनीको घरेलु संरचना बलियो भएर हो।’
छनोटमा समूह ‘बी’ नेपालले आफ्नो ३ खेलमा हार बर्होने क्रममा १४ गोल खाएको थियो। नेपाली टोली पहिलो खेलमा इरानसँग ४–० ले, ताजिकिस्तानसँग ६–० ले र अन्तिम खेलमा लेबनानसँग ४–० ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।