काठमाडौं- दरबारमार्गको शेर्पा मलमा ‘हार्ड रक क्याफे’ सञ्चालनमा आएको छ। अक्टोबर २८ बाट सर्वसाधारणका लागि खुला गरिएको हो।
‘संगीत उद्योगका केही प्रख्यात कलाकारहरु लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स् र माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया, प्रदर्शन गर्नुका साथै, क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने कक्टेल्स उपलब्ध गराएको छ,’ क्याफेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यस रेस्टुरेन्टले करिब २६० जना अटाउने गरी भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर दरबारमार्गको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।’
क्याफेको मेनुको मुख्य आकर्षण बर्गर भएको जनाएको छ। ‘यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी प्याज रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड गोलभेँडा भएको प्रख्यात बर्गरसमेत रहेको छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टिक ससका साथ उपलब्ध गराइनेछ,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।