काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।
बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको हो।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाडौं महानगरपालिका १३, ताहचल) सदस्य रहनेगरी समिति गठन गरिएको हो।
यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्यसचिवको जिम्मेवारी तोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।