काठमाडौं- चौथो पाँचपोखरी विन्टर हाफ म्याराथनमा सहभागिताका लागि नाम दर्ता गर्ने म्याद तीन दिन थपिएको छ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समिति, सिन्धुपाल्चोकको संयुक्त आयोजनामा हुने प्रतियोगिताका लागि कात्तिक १९ गतेसम्म दर्ता मिति तोकिएको थियो।
तर, तिहारका कारण सार्वजनिक बिदा पर्न गएकोले कात्तिक २२ गतेसम्मलाई नयाँ दर्ता मिति कायम गरिएको आयोजकमध्येका एक समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिए। दौड कात्तिक १७ गते सिन्धुपाल्चोकको पर्यटकीय नगरी पाँच पोखरीमा हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।