काठमाडौं- १६औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्।
आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अनुसार खुल्ला म्याराथनमा यो नै सर्वाधिक पुरस्कार राशी हो।
यस्तै, दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख र चौंथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत् पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको पोखरा म्याराथन फागुन ७ गते आयोजना हुने छ।
आयोजकका अनुसार म्याराथनसहित १० किलोमिटर पुरुष तथा महिला, ५ किलोमिटर छात्र, छात्रा, ह्विल चियर र दृष्टिविहिनको पुरस्कार राशीमासमेत वृद्धि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।