काठमाडौं- विजय भुजेल र निशान खड्काको गोलमा थ्रीस्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग अघिको ‘वार्मअप’ खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा थ्रीस्टार २-१ ले विजयी भएको हो।
दुवै टोली आफ्ना केहि मुख्य खेलाडीबिना नै मैदान उत्रिएका थिए । थ्रीस्टारको कप्तानी बिक्रम लामा र मनाङको कप्तानी अन्जन विष्टले गरेका थिए। मनाङका लागि ओलावाले आफिजले एक गोल फर्काएका थिए।
लिग तयारीस्वरूप थ्री स्टारको खेलेको यो दोस्रो खेल हो। यसअघि क्लबले गत शुक्रबार न्यु रोड टिम (एनआरटी) सँग ३-३ को बराबरी खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।