यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह 'एफ'का दुई टोली म्यानचेस्टर युनाइटेड र इट्लान्टा बराबरीमा रोकिएका छन्।
गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एटलान्टाले २–२ को बराबरी खेलेका हुन्।
एटलेटी अज्युरी डी'इटालिया स्टेडियममा खेलको १२ औं मिनेटमा जोसिप इलिकको गोलले एटलान्टाले अग्रता बनाएको थियो। तर, पहिलो हाफको इन्ज्युरी समयमा म्यान्चेस्टरका क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दै पहिलो हाफ १-१ को बराबरीमा पुर्याए।
दोस्रो हाफमा एटलान्टाका डुभन जापटाको गोलले एटलान्टाले फेरि अग्रता लियो। खेलको ५६ औं मिनेटमा एटलान्टाका डुभन जापटाले गोल गरेका थिए।
त्यसपछि एट्लान्टाविरुद्ध संघर्षरत म्यान्चेस्टरलाई फेरि इन्ज्युरी समयमा गोल गर्दै रोनाल्डोले हारबाट जोगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।