काठमाडौं- नेपाली बजारलाई लक्षित गर्दै सीजीले यस वर्ष सीजी स्मार्ट होम नामक योजना ल्याएको छ।
भदौ २५ बाट सुरु भएको उक्त योजनाको पहिलो लक्की ड्र कात्तिक १५ गते सीजी ब्राण्डको फेसबुक र युट्युब लाइभमार्फत् घोषणा गरिएको थियो।
यस स्किमको पहिलो विजेता बिर्तामोड झापाकी मीना अधिकारी भएकी छन्। अधिकारीले सीजीको डबल डोर रेफ्रिजेरेटर जितेकी छन्।
सीजीले दसैं-तिहारको अफरमा ५५ हजार रुपैयाँसम्मको नगद 'क्यास ब्याक', लक्की ड्रमार्फत् सीजीको डबल डोर रेफ्रिजेरेटर, र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू प्रदान गरेको छ।
सीजी स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली विजेता घोषित गर्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।