काठमाडौं- एभरेष्ट बैंक लिमिटेड र दराजले आयोजना गर्ने दरा ११.११ अभियानमा छुट साझेदारीको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर गरे।
एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू)बाट भुक्तानी गरेर दराज ११.११ अभियानमा दराज प्लेटफर्मबाट खरिद गर्दा एभरेष्ट बैंकले ग्राहकहरूलाई छुट प्रदान गर्ने जनाएको छ।
उक्त कार्यक्रम ११ नोभेम्बरमा सञ्चालन हुनेछ। जहाँ बैंकले दराज एप र वेभसाइटहरुमा एभरेष्ट डेबिट/क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्नेहरुलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।