काठमाडौं- स्मार्टफोन ब्राण्ड सामसङले चाडपर्वलाई लक्षित गरेर 'सुनको सिक्का तीन, विजेता हरेक दिन' योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ३० दिनसम्म हरेक दिन तीन जना भाग्यशाली ग्राहकले कुनै पनि सामसङको स्मार्टफोन वा ट्याब्लेटको खरिदमा पाँच ग्रामको सुनको सिक्का जित्नसक्ने कम्पनीले जानकारी दिएको छ।
'सामसङले ३० दिनको अवधिमा ९० वटा सुनको सिक्का दिँदै छ। ग्राहकहरुले केवल एउटा एसएमएस गरेर यस योजनामा भाग लिन सक्नुहुनेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'विजेताहरु फेसबुक लाइभमा लक्की ड्रमार्फत् छनोट गरिनेछ।'
यो योजना कात्तिक १५ गते (आज)देखि आगामी मङ्सिर १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
'यस योजनाले चलिरहेको चाडपर्वहरुलाई थप विशेष बनाउने र सुनको सिक्का धन र समृद्धिको प्रतीक भएकोले यो योजनाले चाडपर्वको उत्सवमा ग्राहकहरुको जीवनमा अझै उमङ्ग थपिने सामसङको विश्वास रहेको छ,' विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।