काठमाडौं– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकहरुको लागि चाडपर्वकोे उपलक्ष्यमा आकर्षक अफर ल्याएको छ।
योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा पाँचप्रतिशत सम्मको क्यासव्याक पाउने कम्पनीले जनाएको छ। यो योजना यही कार्तिक १५ गतेदेखि कार्तिक २०गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ५ प्रतिशतसम्मको क्यासव्याक पाउनका लाग िचेकआउट गर्दा कुपनकोड राखि चेकआउट गर्नुपर्ने छ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीब पाँच लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्रगरिने मनि ट्रान्सफर समयमा गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।