काठमाडौं- शनिबार घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग १–१ गोलको बराबरी खेल्दै सर्गी बारजुआन पहिलोपटक बार्सिलोनाको 'ए' टोलीको जिम्मेवारी सम्हालेका थिए।
मुख्य प्रशिक्षक रोनाल्डो कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले अर्को निर्णय नहुँदासम्म 'बी' टिमका प्रशिक्षक बारजुआनलाई अन्तरिम प्रशिक्षक बनाएको हो। तर, उनको सुरुआत पनि आशालाग्दो हुन सकेन।
हुन त क्याटालान क्लबले यो सिजनको राम्रो सुरुआत गरेको छैन र धेरै सुधार गर्नुपर्ने देखिएको छ। जुन सुधार बारजुआनले गर्न सक्ने बार्सिलोना बोर्डले देखेको छैन।
बार्सिलोना अझै पनि कोम्यानको स्थानमा आफ्नो पूर्व मिडफिल्डर जाभी हर्नान्डेजलाई भित्र्याउन चाहान्छ। तर, कतारी क्लब अल सदा उनलाई सम्झौता अवधि अगाडि छाड्न अनिच्छुक देखिएको छ।
ईस्पोर्ट्स ३ का अनुसार अन्तरिम प्रशिक्षक बारजुआन 'ए' टिमका खेलाडीहरुको चोट समस्याबाट खुशी छैनन्। उनले भने,'यो जे हो त्यही हो। अझ केही गर्न सकिँदैन।'
यद्यपि, उनले आफ्ना खेलाडीहरूको प्रशंसा गर्न केही शब्दहरू पनि राखेका थिए। 'मंगलबारलाई हेर्दै हामी खेलाडीहरू छनोट गर्ने प्रयास गर्नेछौं,' उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।