• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेका चौथो मुख्यमन्त्री पनि 'आउट', संघदेखि प्रदेशसम्म एमाले प्रतिपक्षी दल

64x64
किशोर दहाल सोमबार, कात्तिक १५, २०७८  १५:१६
1140x725

काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। सोमबार उनले प्रदेश सभामा राजीनामा दिएका हुन्। उनले राजीनामा दिएसँगै संघीय संसद् र प्रायः प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले सम्पूर्ण रुपमा सत्ता बाहिर पुगेको छ। २०७४ सालमा संघीय सरकार र चार प्रदेश सरकारको नेतृत्व गरेको एमाले पछिल्ला पाँच महिनामै दुई तहका सत्ताबाट बाहिर हुत्तिएको हो।

२०७४ सालमा एमालेको नेतृत्वमा संघीय सरकारको अतिरिक्त प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकार थिए। उसैसँगको गठबन्धनमा रहेको माओवादी केन्द्रले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको थियो। माओवादीसँग एकताअघि नै ठूलो दल भएका कारण संघीय सरकारको नेतृत्वको स्पष्ट आधार एमालेसँग थियो। प्रदेश १ र बागमती प्रदेशमा एकल बहुमत थियो। कर्णाली प्रदेशमा एमालेको चाहना विपरीतको सरकार बन्न सक्दैनथ्यो।

पार्टीभित्रको असन्तुष्टिलाई व्यवस्थापन गर्न नसकेकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरे। त्यसले नेकपा विभाजनको आधार तयार गर्योय। विभाजन पनि भयो। पूर्व एमालेमा मानसिक रुपमा विभाजित गरिदियो। जेठ ७ गते राति दोस्रो पटक पनि प्रतिनिधि सभा विघटन भएपछि एमाले नेतृत्वमा रहेका संघीयदेखि प्रदेश सरकार विघटनको शृंखला सुरु भएको हो।

जेठ २७ गते गण्डकी प्रदेश सरकार, असार २९ गते संघीय सरकार, साउन २७ गते लुम्बिनी सरकार, कात्तिक १० गते बागमती सरकार र कात्तिक १५ मा प्रदेश १ सरकारबाट एमाले बाहिरिएको हो। यसबीचमा बागमती प्रदेश र प्रदेश १ मा आन्तरिक हेरफेर गरिएको थियो। जसअनुसार बागमती प्रदेशका मुख्यमन्त्रीबाट डोरमणि पौडेलको स्थानमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा शेरधन राईको स्थानमा भीम आचार्यले निरन्तरता दिएका थिए।

कसरी ढले प्रदेश सरकारहरु?
गण्डकी प्रदेश
– २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको पहिलो असर गण्डकी प्रदेश सरकारमा पर्योि। सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएर बाहिरिए। कांग्रेसलाई अविश्वास प्रस्ताव ल्याउन सहयोग गरे। सत्ताबाट बाहिरिनु नपरोस् भनेर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ मन्त्रालय सिर्जना गरेर दीपक मनाङेलाई मन्त्रिपरिषद्‌मा भित्र्याए। त्यहाँ सांसद् 'अपहरण' सम्मका काण्ड भए। प्रदेश सभामा गुरुङले बहुमत पुर्याुउन नसक्ने भएपछि अविश्वास प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन (वैशाख २६ गते) राजीनामा दिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनी वैशाख २९ मै प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त भए। जेठ २७ गते मुख्यमन्त्री गुरुङको विश्वासको मत लिने प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक मत पाउन सकेनन्। उनको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो। उनलाई जेठ २९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले विस्थापन गरेका थिए।

लुम्बिनी प्रदेश– प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमकै कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको बहिर्गमन भएको हो। त्यहाँ पनि माओवादी केन्द्रका मन्त्रीहरु बाहिरिए र कांग्रेसको सहयोगमा अविश्वास प्रस्ताव ल्याए। पोखरेलले पहिलो पटक वैशाख १९ गते बिहान राजीनामा दिए। सोही दिन अपराह्न अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन सुरु हुने तय भएको थियो। आफ्नो पद जोगाउन मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका तीन सहित चार जनालाई मन्त्री बनाएका थिए।

वैशाख १९ मै उनी विवादास्पद ढंगले मुख्यमन्त्री नियुक्त भएका थिए। पोखरेलको विपक्षमा बहुमत रहेको र त्यसको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुझाइएको भए पनि उनी नै मुख्यमन्त्रीमा दोहोरिएका थिए। विवाद कतिसम्म थियो भने, यादवले मुख्यमन्त्री कार्यालयमै पुगेर पोखरेललाई सपथ खुवाउनुपरेको थियो। तर, यसरी पनि उनी लामो समय मुख्यमन्त्रीमा रहिरहन सकेनन्। विपक्षी पार्टीहरुले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा छलफल हुनुअघि साउन २७ राजीनामा दिए। उनलाई माओवादी केन्द्रका नेता कुलप्रसाद आचार्यले विस्थापन गरेका थिए।

बागमती प्रदेश– पार्टी विभाजन हुने निश्चित भइसकेपछि एमालेमा सकेसम्म कम क्षति पुर्या उने रणनीति अन्तर्गत बागमती प्रदेशमा गत भदौ २ मा सरकारको नेतृत्व परिवर्तन गरिएको थियो। तत्काल कायम रहेका १०९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ सांसद् थिए। तर एमालेको औपचारिक विभाजन हुनुअघि नै भदौ २ गते मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिए। र अष्टलक्ष्मी शाक्यलाई संसदीय दलक नेतामा प्रस्ताव गरे। सोही अनुसार शाक्य मुख्यमन्त्री बन्न सफल भइन्। उनी पहिलो महिला मुख्यमन्त्री बनिन्।

एमालेमा आन्तरिक संकट गरिरिएका बेलामा शाक्य माधव नेपाल निकट थिइन्। उनले मुख्यमन्त्री बन्नुअघि त्यस्तो प्रस्तावबारे नेपालसँग सल्लाह पनि गरेकी थिइन्। नेपालले अघि बढ्न समर्थन पनि गरेका थिए। तर, माधव नेपालकै नेतृत्वमा एमाले विभाजनपछि भने शाक्यले नेपालको साथ छाडिन् र एमालेमै रहने निर्णय गरिन्। पार्टी विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकी थिइन्। त्यसपछि कात्तिक १० गते मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेकी थिइन्। उनलाई राजेन्द्र पाण्डेले विस्थापन गरेका छन्।

प्रदेश १– बागमती प्रदेश र प्रदेश १ को घटना उस्तैउस्तै हो। प्रदेश १ मा पनि पार्टी विभाजन भएको स्थितिमा कमभन्दा कम क्षति पुगोस् भनेर तत्कालीन मुख्यमन्त्री शेरधन राईको स्थानमा भीम आचार्यलाई अवसर दिइएको थियो। आचार्यले आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी दिए प्रदेश सभामा एमालेलाई न्यून क्षति पुग्ने अवस्था बनाउने आश्वासन दिलाएपछि उनलाई मुख्यमन्त्री बनाइएको एमालेका नेताहरुको भनाइ  छ। जसअनुसार, भदौ १० गते शेरधन राईले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिए र आचार्यलाई  संसदीय दलको नेतामा प्रस्ताव गरे। त्यही दिन आचार्य मुख्यमन्त्री नियुक्त भए।

एमालेको पछिल्लो आन्तरिक संघर्षको सुरुवातमा आचार्य नेपाल निकट नै थिए। तर, पछिपछि उनले ओलीसँग निकटता बढाएका थिए। पार्टी विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए। त्यसमाथि मतदान भने हुन पाएन। उनले कात्तिक १५ गते प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरे। उनलाई एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले विस्थापन गर्ने लगभग निश्चित छ। राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलबीच सहमति भइसकेको छ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्