काठमाडौं- ‘गुरुङ स्पोर्ट्स हाउस कप’ राष्ट्रिय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता आगामी मंसिरमा हुने भएको छ।
गुरुङ स्पोर्ट्स हाउस प्रालिको आयोजनामा हुने प्रतियोगिता मंसिर १४ देखि १८ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुन लागेको हो।
प्रतियोगितामा २०३८ अघि जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष नविन गुरुङले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन्।

यस्तै, दोस्रो हुने टोलीले ६१ हजार १११, तेस्रो हुनेले ३१ हजार १११ र चौंथो हुनेले ११ हजार १११ रुपैयाँ र कप प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार पार्नेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले समान ३–३ हजार प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।