काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत एट्लेटिको मड्रिडले सहज जित निकालेको छ।आइतबार राति सम्पन्न खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
एट्लेटिकोलाई जितमा यान्निक कारास्को र जोआ फेलिक्सले एक÷एक गोल गर्दा एक गोल उपहार पाएको थियो।
एट्लेटिकोले खेलको २६औं मिनेटमा कारास्को गोलमा अग्रता बनाएको थियो। खेलको ६३ औं मिनेटमा जर्मन पेजेल्लाको आत्मघाती गोलबाट एट्लेटिकोले २–० को स्थितिमा पुग्यो। खेलको ८०औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई ३–० को जित दिलाए।
जितसँगै ११ खेलबाट २२ अंक जोडेको एट्लेटिको लिग तालिकाको चौंथो स्थानमा उक्लिएको छ। पराजित बेटिस २१ अंकका साथ पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।