काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा बायर्नले युनियन बर्लिनलाई ५–२ गोल अन्तरले पराजित हो।
बायर्नको सहज जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा लोरी साने, किङ्सले कोम्यान र थोमस मुलरलेसमान एक/एक गोल गरे।बर्लिनका निको र जुलियन रेयर्सनले एक/एक गोल गरे।
खेलको १५औं मिनेटमा लेवान्डोस्कीको गोलमा बायर्नले अष्ग्रता लिएको थियो। उनले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
उनले नै खेलको २३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलार्ई २–० को स्थितिमा पुर्याए। खेलको ३४ औं मिनेटमा सानेको गोलसँगै बायर्नको अग्रता ३–० को बन्यो।
खेलको ४३औं मिनेटमा निकोले गोल गर्दै बर्लिनलाई ३–१ को स्थितिमा ल्याए। खेलको ६०औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई ४–१ को स्थितिमा पुर्याए।
खेलको ६५औं मिनेटमा बर्लिनका जुलियनले गोल गर्दै खेल ४–२ को अवस्थामा ल्याए। त्यसपछि खेलको ७९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ५–२ को जित दिलाए ।
जितसँगै लिगको शीर्षमा रहेको बायर्नले १० खेलमा २५ अंक जोडेको छ। पराजित बर्लिन १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।