काठमाडौं– एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज )आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दै छ।
ताजिकिस्तानमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपाल लेबनानसँग भिड्न लागेको हो।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ। नेपाल र लेबनान दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। लेबनान पनि नेपाललाई हराएर सुखद अन्त्य चाहन्छ। छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोलअन्तरले पराजित भएको थियो।
अंकबिहीन नेपाल समूहको पुछारमा रहेको छ भने लेबनान तेस्रो स्थानमा रहेको छ। ताजिकिस्तान ६ अंकसहित शीर्ष स्थानमा रहँदा समान अंक रहेको इरान इरान दोस्रो स्थानमा छ।
यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछ भने दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली यू–२३ एसियन कपमा छनोट हुनेछन्।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।