काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले जित हातन पारेको हो। खराब लयबाट गुज्रिरहेको युनाइटेडले शनिबार राति सम्पन्न खेलमा टोटेनहमलाई ३–० ले हराएको हो।
युनाटेडको जितमा पहिलो गोल रोनाल्डो आफैले गरे भने भने इन्डिसन काभानीको गोलका लागि पास मिलाइदिएका थिए। अर्को गोल मार्कोस रासफोर्डले गरेका थिए। लिगका अघिल्ला चार खेलमा गोलविहीन रोनाल्डोले खेलको ३९औं मिनेटमा गोल गरेका थिए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए ।
खेलको ६४ औं मिनेटमा रोनाल्डोको पासमा काभानीले गोल गरेका थिए। खेलको अन्तिम समयतिर रासफोर्डले गोल गर्दै टोलीलाई सहज जित दिलाए।
जितपछि १७ अंकरसहित युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। पराजित टोटेनहम भने १५ अंकसहित आठौं स्थानमा छ।
शनिबारै सम्पन्न खेलमा म्यानचेस्टर सिटी क्रिस्टिल प्यालेससँग २–० ले पराजित भयो भने लिभरपुल ब्राइटन एण्ड होभ अल्बाइनसँग २–२ को बराबरीमा रोकियो। त्यसैगरी लिग तालिकाको शीर्षस्थानमा रहेको चेल्सीले न्युक्यासललाई ३–० पराजित गर्यो भने आर्सनलले लेस्टरलाई २–० ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।