नेपालगञ्ज- सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने भएका छन्।
आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी, पत्रकार जनक नेपाल र नेपाली क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीले युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री अथकलाई भेटेर प्रतियोगिताको उद्घाटन गर्ने तय गरेका हुन्।
बाँके जिल्ला निवासी मन्त्री अथकले आफ्नै ठाउँमा हुँदै आएको राष्ट्रियस्तरको प्रतियोगिता उद्घाटन गर्न पाउदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुँदैछ। नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगञ्जमा म्याराथन हुने गर्दछ।
यसपालि शनिबार पार्नका लागि घोषित मिति भन्दा एक दिनअघि म्याराथन आयोजना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।