काठमाडौं- लिग लिडर चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित हात पारेको छ।
शनिबार राति भएको न्युकासल युनाइटेडको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३-० को जित हात पारेको हो।
चेल्सीको जितमा रिस जेम्सले दुई गोल गरे। यस्तै जोर्गिन्होको नाममा एक गोल रह्यो। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ३ गोल भएको थियो।
६५औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। ७७औं मिनेटमा जेम्सले नै व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सीको अग्रता दोब्बर बनाए।
८१ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए।
जितसँगै चेल्सी शीर्षस्थानमा यथावत् छ। चेल्सीले १० खेलमा २५ अंक जोडेको छ।
न्युकासल ४ अंक जोडेर १९औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।