काठमाडौं- ब्राजिली युवा विंगर भिनिसियस जुनियरको दुई गोलमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार सम्पन्न खेलमा इल्चेलाई पराजित गरेको छ।
इल्चेको मैदानमा भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई २–१ ले पराजित गरेको हो।
रियलले खेलको १८औं मिनेटमा अग्रता लिएको थियो। भिनिसियसले मारियानो डियाजको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए।
६३औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो। राहुल गुटी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए।
७३औं मिनेटमा भिनिसियसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे।
८६औं मिनेटमा पेरे मिल्लाले डारियो बेनेडेटोको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी भयो।
जितसँगै रियल ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। समान २४ अंक नै रहेपनि रियल सोसिडाड दोस्रो स्थानमा छ। पराजित इल्चे १० अंक जोडेर १५औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।