काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शनिबार सम्पन्न खेलमा लेस्टर सिटीलाई पराजित गरेको छ।
आर्सनलले उसैको मैदानमा लेस्टरलाई २-० गोल अन्तरले पराजित गरेको हो। आर्सनललाई जित दिलाउन गाब्रियल र इमिल स्मिथले समान एक गोल गरे।
खेलको पाँचौं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। १८औं मिनेटमा इमिलले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए। त्यसपछि भने कुनै गोल हुन सकेन।
जितसँगै आर्सनलले १० खेलमा १७ अंक जोडेको छ। आर्सनल पाँचौं स्थानमा रहेको छ।लेस्टर १४ अंकका साथ दशौँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।