काठमाडौं- सुनकोशी गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार सम्पन्न खेलमा चौदण्डीगढी नगरपालिकालाई ६-० ले पराजित गर्दै सुनकोशी नकआउट चरणमा पुगेको हो।
सुनकोशीको जितमा सुष्मा तामाङले ह्याट्रिक गरिन् । यता, कप्तान अनु लामाले दुई तथा घिमकुमारी गुरुङले एक गोल गरिन्।
जितसँगै समूह ‘जे’को सुनकोशीले २ खेलमा ६ अंक जोडेको छ ।चौदण्डीगढी अंकविहीन छ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।