काठमाडौं- बेदकोट नगरपालिका र गौरिगंगा नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा बराबरी खेल्दै अंक बाँडेका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार सम्पन्न खेलमा बेदकोट र गौरीगंगाले १-१ गोलको बराबरी खेलेका छन्।
खेलको पहिलो हाफमा कप्तान निलम सिंहले गोल गर्दै बेदकोटलाई सुरुआती अग्रता दिलाएकी थिइन्।
तर, मन्जलीकुमारी योन्जनले दोस्रो हाफमा गोल गर्दै गौरिगंगालाई हारबाट जोगाइन्।
बराबरीसँगै समूह ‘आई’को बेदकोटले २ खेलमा ४ अंक जोडेको छ। गौरिगंगाले १ खेलमा १ अंक जोडेको छ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।