काठमाडौं- नेपाली मुक्केवाज पुरन राई र सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएका छन्।
पुरन ५७ केजीमा मेक्सिकोका मिग्युल तथा सनिल ६७ केजीमा सर्बियाका अब्बासोभसँग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिएका छन्।
यससँगै प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ। सर्बियाको बेल्ग्रेडमा भइरहेको प्रतियोगितामा नेपालबाट चार खेलाडी सहभागी छन्। यअअघि ६४.५ केजीमा भूपेन्द्र थापा मगर फ्रान्स तथा ४८ केजीमा रविन थापा मंगोलियाका खेलाडीसँग चुकेका थिए। प्रतियोगिता नोभेम्बर ६ तारिखसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।