काठमाडौं- वेलकम इभेन्ट म्यानेजमेन्टले शुभकार्यका लागि आवश्यक पर्ने सामग्रीहरुको दुईदिने प्रदर्शनी सुरु गरेको छ। वेलकम ग्रुपको मूख्य कार्यालय पुरानो बानेश्वरमा आजबाट सुरु भएको प्रदर्शनीमा न्वारान, पास्नी, ब्रतबन्ध, शुभविवाह आदि कार्यमा आवश्यक पर्ने सामग्रीहरु प्रदर्शनमा राखिएका छन्।
भोलि (शनिबार)सम्म चल्ने प्रदर्शनीमा न्वारानका लागि आवश्यक पर्ने चाँदी थाल, कचौरा, पास्नीमा आवश्यक पर्ने चौरासी व्यञ्जनका लागि आवश्यक पर्ने चाँदीको भाँडा, छाता झल्लर व्रतबन्धका लागि आवश्यक पर्ने डालो, धनुषवाण, डोली लगायतका सामग्रीहरु राखिएका छन्।
यसैगरी विवाहका लागि मण्डप, पार्टीस्थल सजावटदेखि फोटो तथा भिडियोको लागि नेपाली परम्परागत शैलीको जग्गे साहीपाटाको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री, बेहुला तथा बेहुलीको श्रृङ्गार, क्याटरिङ, विभिन्न बाजालगायतका सामग्रीहरु प्रदर्शनमा राखिएका छन्।
वेलकम इभेन्ट म्यानेजमेन्मटका प्रबन्ध निर्देशक नीता पौडेलले भनिन्, 'नेपालीहरुको प्रमुख चाडपर्वको सिजन र विवाह, ब्रतबन्धको शुभ लगन सुरु हुने समयमा उपभोक्तालाई एकै ठाउँबाट स्तरीय सेवा उपलब्ध गराउन प्रदर्शनीको आयोजना गरेका हौँ। प्रदर्शनीमा उपस्थित हुनुभएका व्यक्तिहरुबाट प्राप्त हौसला र उत्साहले हामीलाई ठूलो प्रेरणा मिलेको छ।'
वेलकम इभेन्ट म्यानेजमेन्टले नेपालमा पहिलोपटक व्यावसायिक रुपमा यस्तो कार्यका लागि एकै ठाउँबाट सेवा उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।